९ लाख ५० हजार अवैध रकमसहित भारतीय नागरिक पक्राउ

९ लाख ५० हजार अवैध रकमसहित भारतीय नागरिक पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले ९ लाख ५० हजार अवैध रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा भारत विहार राज्य सितामढी जिल्ला सिरसिया ग्राम पञ्चायत वेला थानाका ३० बर्षिय दिपककुमार चौधरी रहेका छन्। 

बुधबार बेलुकी ५ बजेको समयमा महोत्तरीको मनरा सिस्वा नगरपालिका २ कट्टी भन्ने स्थानमा प्रहरीले वी आर ३० एडी ८३४६ नम्बरको मोटरसाईकललाई चेक गर्ने क्रममा सो रकम अवैध रुपमा फेला पारेको हो। 

चौधरीले लगाईएको टिसर्टभित्र कम्मरको भागमा वाँधी राखेको अवस्थामा नेपाली रुपैयाँ १ हजार दरको नोट ८ बण्डल रहेको र १ सय थान गरी ८ लाख, ५ सय दरको नोट २ बण्डल, प्रत्येक बण्डलमा ५ सयको गरी १ लाख र१ हजारको नोट १८ थान, ५ सयको नोट ४४ थान, सयको नोट ९६ थान, ५० को नोट ८ थानको एक बण्डलमा ५० हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।  

नौ लाख पचास हजार रकमसहित पक्राउ परेका भारतीय नागरिक चौधरीलाई आवश्यक कानुन अनुसारको कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.