प्रहरी र तस्करबीच दोहोरो फायरिङ, एकको मृत्यु

प्रहरी र तस्करबीच दोहोरो फायरिङ, एकको मृत्यु

सिमरा : अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी बाराको सिम्रौनगढमा एकजनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् । 

नेपालबाट भारततर्फ गाँजा लैजादै गरेको सूचना पाएपछि सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। बुधबार रातीको समयमा गाँजा लिएर तस्करको समूह महुवानी आएपछि दोहोरो फायरिङ भएको हो । 

प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उक्त समूहले गोली चलाएको र प्रहरीले जवाफी कारवाही गरेको प्रहरी प्रवक्ता राजेश थापाले बताए । प्रहरीमाथी गोली चलाएर भाग्न खोजेका उनीहरुमध्ये दुईजनालाई प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो । 

घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान भने खुलेको छैन् । घटनामा संलग्न भारत मोतिहारीका ४० वर्षीय हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । उनीहरुको साथबाट प्रहरीले ७५ केजी गाँजा समेत बरामद गरेको छ । 

प्रवक्ता थापाका अनुसार ६७ जनाको समूहमा रहेका तस्करले पाँचवटा बोरामा हालेर गाँजा भारततर्फ लैजादै गरेका थिए । पूर्वसूचना पाएको प्रहरीले तस्करको समूहलाई नियन्त्रणमा लिन 'एम्बुस' थापेर बसेको थियो । 

सोही क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा घटना भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको प्रवक्ता थापाले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.