भन्सार छलेर ल्याएका करिब डेढ करोड मूल्यका कपडा बरामद

भन्सार छलेर ल्याएका करिब डेढ करोड मूल्यका कपडा बरामद

चितवन : भन्सार छलेर  भित्र्याउँदै गरेको ठूलो परिमाणको कपडा प्रहरीले बरामद गरेको छ । वीरगंज नाकाबाट ल्याइइएका  कपडा पूर्वी चितवनको पर्सा बजारमा बुधबार राती २ बजे  प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय खैरहनिको टोलिले  ८६ पोका कपडा बरामद गरेको हो । 

सुराकीको  आधारमा ईलाका प्रहरी कार्यालय  चारवटा ट्रकमा ल्याइएको कपडा  बरामद गरेको हो । इलाका प्रहरी कार्यालय खैरहनिका प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वको टोलिले गस्ति गरेको थियो । फलामको छड ढुवानी गरेको ट्रकमा लुकाएर ल्याएको अवस्थामा बरामद गरेको हो ।

 वीरगंजबाट हेडौडाहुँदै काठमाडौं लैजादै गरेको कपडाको  बिलबिजक नरहेकाले बरामद गरेको चितवन प्रहरी प्रमुख नवराज अधिकारीले बताए । करिब डेढ करोड बराबरको कपडा भएको अनुमान गरिएको छ ।  प्रहरीले ना ६ ख ११६६ , ना६ ख ११३ , ना ७ख ९२३४ , ना६ प ५०६१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 राप्ति नगरपालिका ४ भन्डाराका बिरबहादुर खुलाल , निरबहादुर लामा , सुकमान गोले , र वडानम्बर पाचका दिपक चौलागाईं लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान सहित आवश्यक  कारवाहीका लागि बरामद गरेको कपडासहित ट्रक र चालक वीरगन्ज भन्सार कार्यालय पठाउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.