भगवानका तस्बिरले रंगिदै पशुपतिनाथ परिसर (फोटोफिचर)
काठमाडौं : ‘मानिसलाई भगवानले बनाएका हुन्’ यो चलनचल्तीको कुरा हो। तर, मान्छेले भगवान् बनाए भनेर कमै भनिन्छ। तर,अहिले पशुपतिनाथ मन्दिर परिसर मान्छेले बनाएका भगवानका तस्बिरले सिंगारिएको छ।
शिवरात्रिलाई लक्षित गरी मन्दिर प्रवेश गर्ने स्थान र भित्री क्षेत्रका पर्खालहरू भगवानका सुन्दर तस्बिरले रंगिन थालेका छन्। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एक हप्ते मेलाका लागि मन्दिर क्षेत्र सिंगारेको हो।
कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष सञ्चालन गर्ने भएकाले विषेश तयारीसहित मन्दिर क्षेत्रलाई सुन्दर बनाउन पर्खालहरू भगवानको तस्बिरले सजाएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
तस्बिरहरु: रविन भट्टराई