घरेलु हतियारसहित एमसीसीविरुद्ध प्रदर्शन

घरेलु हतियारसहित एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं : दलहरूले एमसीसीविरुद्ध फरक–फरक शैलीका प्रदर्शन गरेका छन्। कसैले सकडमा धर्ना दिए भने कसले प्रहरीमाथि ढुंगामुढा गरे। केहीले घरेलु हतियारसहित प्रस्तुत भएको देखियो। प्रहरीले हस्तक्षेप गर्दा प्रदर्शनकारीले टायर बालेर सडक तताएका थिए। 

बानेश्वरस्थित सिभिल हस्पिटल अगाडि नेपाल मजदुर किसान पार्टीले शान्तिपूर्णसभाको आयोजना गरे। उनीहरू भाषण र कवितामार्फत विरोध प्रदर्शन गरे।  उता बानेश्वर चोक र बिजुली बजारमा सत्ता पक्ष नेकपा

माओवादी केन्द्रसहितका पार्टीका कार्यकर्ताले प्रहरीमाथि प्रहरीमाथि ढुंगा प्रहार गरे। एकीकृत समाजवादी पार्टीका विद्यार्थी संगठनले आफ्नै नेताहरूको दोधारे चरित्रको खुलेर विरोध गरे।

निषेधित क्षेत्र तोड्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच कयौंपटक घम्साघम्सी भयो। प्रदर्शनकारी ढुंगामुढा गर्दै प्रहरीमाथि जाइ लाग्दा प्रहरीले लाठी चार्जसँगै हस्तक्षेप पनि गर्यो। प्रतिरक्षामा प्रहरी पानीको फोहोरा हानेको थियो। प्रदर्शनकारी प्रहरीमाथि झनै आक्रोशित भएपछि अश्रुग्यास प्रहार गर्न प्रहरी बाध्य भयो। 

यसैक्रममा भागाभागमा हुँदा चार जना प्रदर्शनकारी घाइते भए। प्रदर्शनकारीको ढुंगा लागेर ३ जना प्रहरी घाइते भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सन्तोष सिंह राठौरले बताए। ढुंगा लागेर प्रहरीको ६ वटा सील (ढाल) फुटेको छ। आन्दोलनकारीलाई तितरबितर पार्न २६ सेट अश्रुग्यास प्रहार गरिएको उनले बताए। 

आइतबार गृह मन्त्रालयले एमसीसीविरुद्ध भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै २ हजार ४ बढीको संख्यामा नेपाल प्रहरी सुरक्षामा खटाएको थियो।  आन्दोलनमा ११ जनामाथि प्रहरीले सार्वजनिक अपराध शीर्षकमा मुद्दा चलाएको एसपी राठौरले बताए। दोस्रो तहको सुरक्षामा सशस्त्र प्रहरी परिचालित थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.