जगत् रक्षकको विशेष दिन

जगत् रक्षकको विशेष दिन

पशुरूपी मानवका पति भएकाले भगवान् शिवको नाम पशुपतिनाथ भयो। उहाँ विश्वकै मालिक भएकाले विश्वनाथ हुनुभयो।


विश्वभरका हिन्दू धर्मावलम्बीका लागि शिवरात्रि महान् दिन हो। यसरी ब्रह्माण्डका सृष्टिकर्ता, सम्पूर्ण प्राणीका स्थितिकर्ता र जीवनको भोग सिद्धिएपछि संहारकर्ता परमात्मा शिव आर्यावर्तको परम पावन नेपालभूमिमा अवतरण भएको दिन हो शिवरात्रि। यस पर्वलाई भक्तिभावपूर्वक पूजा, आराधना, उपवास, जाग्राम गरेर मनाइन्छ। सम्पूर्ण प्राणीको पालक एवं रक्षक भगवान् शिव अलौकिक र शाश्वत हुनुहुन्छ। फलतः अजन्म भएर पनि उहाँले प्राणीहरूको हितसाधना गर्न धरातलमा भोलेबाबाको रूपमा भक्तहरूलाई दर्शन दिने जनविश्वास छ। सबैको कल्याण गर्ने शिव नै पशुपतिनाथ, विश्वनाथ, रुद्र, शंकर, अनेक नाम र रूपमा पाउँछौं। पशुरूपी मानवका पति भएकाले उहाँको नाम पशुपतिनाथ भयो। उहाँ विश्वकै मालिक भएकाले विश्वनाथ हुनु भयो।

भक्तले पवित्र मनले मागे दिने भएकाले शिव भोलेनाथ हुनुभयो। पापी, अन्यायी, अधर्मीहरूलाई उनीहरूले गरेका कुकर्मको सजाय दिने भएकाले उहाँ काल, महाकाल र रुद्र बन्नु भएको छ। यसर्थ श्रीपशुपतिनाथको ठूलो महिमा छ। श्रीपशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्यबारे वेद, पुराण, धार्मिक साहित्यक र तान्त्रिक ग्रन्थहरूमा अति विस्तृत पाइन्छ। हिन्दू समाजमा पनि परापूर्वकालदेखि आजसम्म शिवजीको पूजा–आजा र उपासना गर्ने चलन कायमै छ। नेपालका साथै भारतलगायत विश्वका हिन्दूको बाहुल्य भएका क्षेत्रहरूका शिवमन्दिर, शिवालय, शिवलिंगेश्वर, ज्योतिलिंगेश्वर आदि स्थानमा यस पर्वमा असंख्य भक्तजनको भीड लाग्ने गर्छ। यसर्थ फाल्गुन कृष्ण चतुर्दशीमा महाशिवरात्रि पर्व काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा ठूलो महत्वका साथ सम्पन्न गरिन्छ। महाशिवरात्रिका दिन पशुपतिनाथको शोडषोपचारले विधिपूर्वक पूजा–आराधना गरिन्छ। जसमा सन्तका लागि शिव र दुष्टका लागि महाकालका रूपमा रहेका शिवको नाम स्मरण, आराधना, पूजा, महिमा गानले सम्पूर्ण समाजको भलाई हुन्छ। अन्य प्राणीको पनि भलाइ हुन्छ।

विश्वमा मानिसहरू भौतिक सुखको पछाडि आँखा चिम्लेर दौडँदा अँध्यारो कुवामा खसेको पत्तै पाउँदैनन्। भौतिकवाद विनाशवाद हो भन्ने धेरैलाई ज्ञान नभएकाले भौतिक सुखमा नै सम्पूर्ण मानव लालयित भइरहेका छन्। वास्तवमा भौतिक प्रविधिले मानवलाई क्षणिक सुख र तुष्टि मात्र दिन्छ। यो क्षणिक र नासवान् छ। आध्यत्मिक ज्ञानको अभावमा मानिस पशुझैं अज्ञानी भएको पाइन्छ। उचित र अनुचित छुट्ट्याउन सक्दैनन्। यसर्थ, समाजमा कलह, हिंसा, अशान्ति फैलिरहेको छ। मानिसको कल्याण गर्ने शिवरात्रि समान अन्य कुनै व्रत छैन। यसबाट मानिसलाई उत्तम धर्म प्राप्त हुन्छ। मूलतः निष्काम अथवा कामनासहित कर्म गर्नेहरूलाई यो व्रत उत्तम मानिएको छ। सबै वर्णाश्रममा रहने व्यक्तिले श्रद्धापूर्वक शिवरात्रिको व्रत गर्नाले मनोकांक्षा तत्काल प्राप्त गर्ने सामथ्र्य प्राप्त हुन्छ भनी शिव महापुराणमा उल्लेख छ।

हिन्दूहरूका आराध्यदेव भगवान् शिवलाई चाँडै प्रसन्न तुल्याउन सकिने हुँदा आशुतोष भनी पूजा–आराधना गरिन्छ। भगवान् स्वयं प्रकट हुनु भएकाले उक्त पवित्र रात्रिलाई महाशिवरात्रि भनिएको हो।

शिवको स्वरूपको दर्शन पाएका सन्त, तपस्वी, यशस्वी महापुरुषहरूले उहाँको परिकल्पना गरेका छन्। हामी प्राणीसँग दुईवटा चर्मचक्षु त छ तर तेस्रो ज्ञानचक्षु छैन। जसमा ज्ञानचक्षुको अभावमा नासवान् संसारमा एक दिन नास हुने शरीरका लागि सुख सयल र आरामको खोजीमा अनमोल जीवन गुमाउँछौं। शिवको तेस्रो नेत्रको आराधना गरे मानिसमा ज्ञानको ढोेका खुला हुन्छ र क्षणिक संसारको आभास मिल्छ। खासगरी युवा वर्गलाई शिवको मार्ग जीवनभरका लागि उचित हुनेछ जुन राष्ट्रहितमा पनि हुनेछ। भगवान् शिवजी सर्वप्रथम यस लोकको दृष्टिगोचरमा प्रकट हुनु भएको समय नै शिवरात्रि हो। फाल्गुण कृष्णपक्ष चतुर्दशी तिथिको मध्यरात्रिमा करोडौं सूर्यसमान कान्ति भएका ज्योतिर्लिंगस्वरूप भगवान् शिव उत्पत्ति हुनु भएको वृत्तान्त शास्त्रहरूमा छ।

हिन्दूहरूका आराध्यदेव भगवान् शिवलाई चाँडै प्रसन्न तुल्याउन सकिने हुँदा आशुतोष भनी पूजा–आराधना गरिन्छ। भगवान् स्वयं प्रकट हुनु भएकाले उक्त पवित्र रात्रिलाई महाशिवरात्रि भनिएको हो। यसर्थ शिवलाई यजुर्वेदमा स्पष्ट रूपमा वर्णन गरेर उनलाई वैदिक देवताको रूप प्रदान गरिएको पाइन्छ। यसर्थ शिवजीको आराधना प्राचीन कालदेखि नै भएको बुझिन्छ। यसकारण आराध्यदेव शिवजीलाई तन, मन, धनले श्रद्धा गरिन्छ। पशुपतिको संज्ञाले बडो श्रद्धा गर्दै आएको पाइन्छ। अतः यस पाशुपत क्षेत्रले नेपालको धार्मिक क्षेत्रका गौरव गाथालाई विश्वभर चिनाउँछ। हाम्रो देश विशाल सगरमाथाको काखमा रहेको पुण्यभूमि नेपालमा हिन्दूधर्मको प्रधानता छ। हलाहल विष पिएर सम्पूर्ण ब्रह्माण्डको रक्षा गर्ने भगवान् शंकर सम्पूर्ण जीवका अधिष्ठाता हुनुहुन्छ। सबैको कल्याण गर्न उहाँले हलाहल जस्तो विष पान गरेको पाइन्छ। हिन्दूहरू नेपालमा मात्र होइन, विश्वभरि छन्। त्यसैकारण महाशिवरात्रि नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा पनि बडो उत्साह, उमंग र भक्तिभाव मनाइन्छ।

महाशिवरात्रिमा भोलेनाथको आह्वान, आसन, पदय, अष्र्य, आचमन, स्नान, वस्त्र, उपवित, गन्धपुष्प, धूपदीप, नैवेध्य, तामुल, दक्षिणा, आरती, प्रदक्षिण आदि गरिन्छ। यस अवसरमा श्रद्धालु उपवास बस्छन्। समाजका सबैजसो अरिष्टलाई अँगाल्ने र गरिष्ठ पदार्थ प्राणीहरूलाई दिने भगवान् शिवको महिमा गाउने आजको दिनमा सबैले सत्मार्गमा अग्रसर हुने प्रण गर्नु उत्तम हुनेछ। यसैमा समाज र देशका लागि नै हितकर हुनेछ। भगवान् शिवले सबैलाई सद्बुद्धि दिएर रक्षा गर्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.