महाशिवरात्रिमा भगवान शिवका लागि यी मन्त्रको जप गर्नुहोस्
काठमाडौँ : हिन्दु धर्मावलम्बीहरुको प्रमुख भगवान मध्येका एक भगवान शिवको विशेष पूजा गर्ने दिनका रुपमा महाशिवरात्रि पर्वलाई मनाईदै आइरहेको छ। यस दिन शिवका भक्तहरु शिवको आराधना गर्ने गर्छन।
महाशिवरात्रिको दिन पूजापाठको साथमा केही विशेष मन्त्र जप गरेर शिवको आशिर्वाद प्राप्त हुने विश्वास रहेको छ। भगवान शिवलाई खुसी राख्नका लागि यी मन्त्रहरुको उच्चारण गर्नुहोस् :
चमत्कारिक शिव मंत्र
- ॐ सर्वात्मने नम:
- ॐ त्रिनेत्राय नम:
- ॐ हराय नम:
- ॐ इन्द्रमुखाय नम:
- ॐ श्रीकंठाय नम:
- ॐ वामदेवाय नम:
- ॐ तत्पुरुषाय नम:
- ॐ ईशानाय नम:
- ॐ अनंतधर्माय नम:
- ॐ ज्ञानभूताय नम:
- ॐ अनंतवैराग्यसिंघाय नम:
- ॐ प्रधानाय नम:
- ॐ व्योमात्मने नम:
- ॐ महाकालाय नम:
- शिव गायत्री मंत्र : ॐ तत्पुरुषाय विद्महे, महादेवाय धीमहि, तन्नो रूद्र प्रचोदयात्।
- ॐ ह्रीं नमः शिवाय ह्रीं ॐ।
- ॐ नमः शिवाय
- ॐ ऐं ह्रीं शिव गौरीमय ह्रीं ऐं ऊं।
- ॐ आशुतोषाय नमः
प्रतिक्रिया दिनुहोस !