नगरको विकासका लागि संघीय सरकारको ५० करोड

नगरको विकासका लागि संघीय सरकारको ५० करोड

ढल्केवर(धनुषा) : संघीय सरकारले महोत्तरीको मटिहानी नगरपालिकाको विकासका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विभिन्न विकास निर्माणका लागि शहरी विकास मन्त्रालयले सघन शहरी कार्यक्रम अन्तर्गत मटिहानीलाई ५० करोड बजेट उपलब्ध गराएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए।

ऐतिहासिक, पौराणिक, धार्मिक तथा साँस्कृतिक नगरी मटिहानीमा सडक, नाला, आयआर्जन, तालतलैया सौन्दर्यकरणलगायतको विकासका लागि सरकारले बजेट उपलब्ध गराएको हो। ५० करोड बजेटको कार्यक्रम केही महिनाअघि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको मटिहानी भ्रमणको उपहार रहेको मेयर मण्डलको कथन छ।

‘एक किसिमले यो दिर्घकाली विकास हो। अब मटिहानी नगरपालिकामा दिर्घकाली विकासको जड गाडियो,’अन्नपूर्णसँग कुराकानी गर्दै मेयर मण्डलले भने ‘यसले दिर्घकालिन विकासका आवधारण कोर्ने छ।

मन्त्री झाँक्रीको भ्रमणले मटिहानीलाई विकासको गतिमा अगाडि बढाउन ठूलो योग्दान दिएको उनले उल्लेख गरे। ‘भ्रमणमा आउँदा जनताको बिचमा महिटानी जस्तो ऐतिहासिक तथा पौरानिक ठाउँलाई उठाउनु पर्छ भनेर भन्नुभएको थियो। बोलेको आधारका उहाँले योजना दिनुभयो। उहाँले मटिहानीको ईतिहास र पौराणिकता बुझ्नुभएको रहेछ, मेयर मण्डले थपे।

अब महिटानी स्मार्ट सिटीको अवधारणमा अघि बढेको उनले दावी गरे। मेयर मण्डलले भने,‘मन्त्रालयबाट प्राप्त कूल बजेटको लगभग ५० प्रतिशत सडक र नालाका खर्च हुन्छ। करिब ३० प्रतिशत आयमुलक कार्यकार्य जस्तो बसपार्क, व्यपारीक भवन, बजारको सौन्दर्यकरणमा खर्च हुन्छ। १५ प्रतिशतको हाराहारीमा तालतलैया, पोखरी संरक्षण तथा सौन्दर्यकारणका लागि बजेट प्राप्त भएको छ।’ 

करिब ५ प्रतिशत सभाहल, पुस्तकालय निर्माण गर्न लगायत अन्य कामका लागि प्राप्त भएको उनले खुलाए। मेयर मण्डलले यसै अनुसारको योजना छनौटका लागि एउटा पालिकालाई गाईडलाईन आएको उल्लेख गरे। प्राप्त गाईडलाइन अनुसार आफूहरुले सबै संरचनाहरुको योजना बनाइरहेको उनले सुनाए।

‘लगभग यसै साता निर्णय गरेर योजनाहरु शहरी विकास कार्यालय जनकपुरमा बुझाउँछौं। त्यसका आधारमा डीपीआर तयार भएपछि बैशाख भित्र टेण्डर आह्वान गरेर काम सुरु हुन्छ,’उनले भने ‘हामीले दिने योजनामा कति खर्च हुन्छ, कति लामो बाटो र नालामा निर्माण हुन्छ डीपीआर बनेपछि थाहा हुन्छ।’

गाउँगाउँलाई जोडेर नगरपालिका भित्र रिंग रोड निर्माण गर्ने योजना पनि रहेको उनले सुनाए। ‘पहिला हामी बस्ती भएका ठाउँमा सडक र नाला निर्माण गछौं। जहाँ अहिले पनि सडकको आवश्यकता छ। सौन्दर्यीकरण तथा आयमुलक कामका लागि मटिहानीलाई रोजेका छौं,’मेयर मण्डलले भने।

मटिहानी मठहरूको पनि महामठ–लक्ष्मीनारायण मठ र ३०३ वर्ष पुरानो देशकै जेठो ‘राजकीय संस्कृत माध्यमिक विद्यालय’ले परिचित छ। त्रेतायुगमा राम र सीताको विवाह हुँदा वेदी बनाउन माटो खनेर लगिएको मिथिलाको पावन भूमि मटिहानी पैदल तय गरिने १३३ किलोमिटरको १५ दिने माध्यमिक परिक्रमाको एक प्रमुख ‘विश्राम स्थाल’को रुपमा प्रसिद्ध छ। नगरको विकासमा संघिय सरकारको ठूलो साथ पाएपछि अहिले स्थानीयदेखि जनप्रतिनिधीसम्ममा खुशीयाली छाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.