सुरु भयो मिथिलाको महाकुम्भ माध्यमा परिक्रमा

सुरु भयो मिथिलाको महाकुम्भ माध्यमा परिक्रमा

जनकपुरधाम : मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा बिहीबारबाट विधिवतरुपमा सुरु भएको छ । यसलाई मिथिलाको 'महाकुम्भ' पनि भनिन्छ । फाल्गुन औंसीको दिनदेखि विधिवत रुपमा सुरु हुने यस परिक्रमामा लाखौं भक्तजनहरु सहभागी हुने गर्छन् ।

१५ दिनसम्म १५ वटा धार्मिक तिर्थस्थलहरुमा विश्राम गर्दै फागु पूर्णिमाको दिन परिक्रमा जनकपुर आइपुग्छ । त्यसको भोलीपल्ट होली मनाइन्छ । धनुषाको ठेरा कचुरी गाउँमा रहेको मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारीको डोला बोकेर लाखौं भक्तजनहरु सहभागी भएका छन्।

त्यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमान गढी पुगेको छ । परिक्रमाको दोस्रो दिन रामसीताको डोलासहित यात्रुहरु भारतको कल्याणेश्वर स्थान पुग्ने गर्दछन् । 

कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरि परिक्रमा यात्रीहरुले होली खेल्ने गर्छन् ।

त्यहाँ महादेवको मन्दिरमा पूजा अर्चना गरी राति विश्राम गरिन्छ । तेस्रो दिन भारतकै गिरिजास्थान पुग्ने यात्रीहरु चौथो दिन महोत्तरीको मटिहानी पुग्छन् । मटिहानीमा रामसीताको विवाहको बेला मटकोर विधि भएको धार्मिक ग्रन्थहरुमा उल्लेखित छ । 

मटिहानीबाट डोला जलेश्वर पुग्दछ । जलेश्वरनाथको दर्शन पछि पञ्चमी तिथिमा परिक्रमा यात्री मडै गाउँ पुग्ने गर्दछन् । मडै गाउँमा माण्डप ऋषिको आश्रम रहेको धार्मिक ग्रन्थमा उल्लेखित छ । त्यहाँबाट धु्रवकुण्ड हुँदै डोला कञ्चनवन पुग्छ ।

कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरि परिक्रमा यात्रीहरुले होली खेल्ने गर्छन् ।  त्यसपछिको पडाव पर्वता हुन्छ । पर्वताबाट धनुषाधाम पुग्ने गरेका यात्रुहरुले धनुषाधाममा रामसीताको स्वयम्बरको बेला रामले शिवको धनुष भाँचेको टुक्रा झरेको अवशेष भएको मन्दिरको दर्शन गर्ने गर्छन् । 

दशमी तिथीमा सतोषर भन्ने स्थानमा यात्रीहरु बास बसेर क्रमशः औरही, करुणा हुँदै कल्याणेश्वर भएर विशौल पुगि विश्राम गर्छन् । फागु पूर्णिमाको दिन डोला जनकपुर पुगेर यहाँ अन्तरगृह परिक्रमा गरी समापन हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.