एमसीसीको विषय टुंगो लगाएरमात्र पदाधिकारी चयन गर्न नारायणकाजी समूहको माग

एमसीसीको विषय टुंगो लगाएरमात्र पदाधिकारी चयन गर्न नारायणकाजी समूहको माग

काठमाडौं: अमेरिकी अनुदान सहायता एमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा आन्तरिक द्वन्द्व झनै चर्किएको छ। शुक्रबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा एमसीसीबारे अध्यक्ष प्रचण्डले एक घन्टा लामो धारणा राखे पनि विवाद साम्य हुन सकेको छैन।

प्रचण्डले ब्याख्यात्मक घोषणासहितको एमसीसी अनुमोदनलाई बचाउ गर्दैगर्दा बैठकमा नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेलले फरक मत राखेका थिए। उनीहरु एमसीसीको विषयमा टुंगो नलागेसम्म पदाधिकारीलगायत अन्य विषयमा बैठक प्रवेश गर्न नमिल्ने बताएका छन्। 

श्रेष्ठ समूहका केन्द्रीय सदस्य प्रकाश पोखरेलले एमसीसीको विषय टुंगो नलगाई बैठकलाई अगाडि बढाए विरोध जनाउने बताए। आइतबारको बैठकमा प्रमुख एजेन्डा पदाधिकारी चयन रहेको बताइएको छ।

'एमसीसीको विषय नटुंगिएसम्म पदाधिकारी चयनलगायत अन्य विषयमा बैठक प्रवेश गर्नु हुँदैन। ठीक हो भने ठीक, बेठीक हो भेन बेठीक भनेर यो बैठकले टुंगो लगाउनुपर्छ,' उनले अन्नपूर्णसँग भने।

उनले महाधिवेशनबाट एक्लै अध्यक्षमा चयन भएर अध्यक्ष प्रचण्डले पार्टीलाई पंगु बनाएको र नेता-कार्यकर्ताहरुलाई अलपत्र पारेको आरोप लगाए।

यता प्रचण्ड समूहले भोलि (आइतबार) बस्ने बैठकमा पदाधिकारी चयनको एजेन्डालाई अगाडि बढाउने तयारी गरेको छ। 'लामो समयदेखि पदाधिकारी चयन नहुँदा पार्टी अगाडि बढ्न सकेको छैन। त्यसैले पदाधिकारी छिटो टुंगो लगाएर पार्टीलाई गतिशिल दिशामा लैजानुपर्छ,' उनले अन्नपूर्णसँग भने।
पदाधिकारी चयनलाई कसरी टुंगो लगाउने भन्ने विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य गणेश साहले बताए। पदाधिकारी चयन नहुँदा पार्टीले गति लिन नसकेको उनको भनाइ छ।

‘आइतबारको बैठकमा पदाधिकारी चयनको एजेन्डा छ। यो एजेन्डा पार्टी अध्यक्षले नै अगाडि बढाउनुभएको छ। उहाँहरु (नारायणकाजी समूह)ले विरोध गर्ने हो भने सहमति हुने विषय अगाडि बढ्छ, नत्र थन्को लाग्छ,’ उनले भने।

‘पार्टी अध्यक्षले नेतृत्व चयन गर्न ‘बोल्ड डिसिजन’ लिन अग्रसरता लिनुभएको छैन। समावेशी समानुपातिक आधारमा कमिटीहरु निर्माण गर्नुपर्ने भएकाले पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीमा बाँकी रहेको पदमा प्याकेजमा छनोट गर्ने भन्दाभन्दै महाधिवेशन गरेको पनि दुई महिना वित्यो,’ उनले भने।

उनले पार्टीलाई सामूहिक निर्णयमा चलाउने अभ्यास हुन नसकेको बताए। एमसीसीजस्तो राष्ट्रिय महत्वको विषयमा अध्यक्ष प्रचण्डले एकल निर्णय गरेको आरोपसमेत उनले लगाए। ‘समितिहरु पूरा भएको भए सामूहिक निर्णय हुन्थ्यो। त्यसको स्वामित्व सबैले लिन्थे। तर अध्यक्षजी एकल निर्णय गर्नुभयो,’ उनले भने।

पार्टी नेता देव गुरुङले पनि प्रचण्ड पार्टीमा हाबी भएको बताए। ‘आइतबारको बैठकमा पदाधिकारी चयनको एजेन्डा छ। यो एजेन्डा पार्टी अध्यक्षले नै अगाडि बढाउनुभएको छ। उहाँहरु (नारायणकाजी समूह)ले विरोध गर्ने हो भने सहमति हुने विषय अगाडि बढ्छ, नत्र थन्को लाग्छ,’ उनले भने।

उनले एमसीसीको १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकी पक्षबाट अहिलेसम्म औपचारिक पत्र प्राप्त नभएको बताए। ‘हाम्रो संसदले पारित गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले मान्यो भने आगामी दिनमा एमसीसी कार्यान्यवन खबरदारी र चासो राख्छौं। हाम्रो टिप्पणीलाई उनीहरुले मानेन भने एमसीसी खारेज हुने संसदबाट निर्णय भएको छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.