२४ फिल्म छाडेकी भूमि

२४ फिल्म छाडेकी भूमि

मुम्बई : सन् २०१५ मा ‘दम लगा के हइसा’बाट भूमि पेडनेकरले बलिउडको रंगीन पर्दामा पाइला राखेकी हुन्। यही चलचित्रबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पनि पाएकी थिइन्। अभिनयमा हामफाल्नु अघि उनले यसराज फिल्ममा ६ वर्ष सहायक निर्देशक भएर काम गरेकी थिइन्। 

उनी शाहरूख र सलमान खानकी निकै ठूलो फ्यान थिइन्। त्यही कारण पनि उनी नेपथ्यबाट पर्दामा देखिन चाहिन्थन्। उनले आफ्नो यही इच्छा पूरा गर्न अभिनयमा होमिएकी हुन्। तर, उनले आफ्नो जीवनमा निकै उतारचढाव भोग्नु पर्‍यो। 

जीवनको उतारचढावसँगै संघर्ष पनि निकै गर्नुपर्‍यो। उनले १८ वर्षको उमेरमै बुवालाई गुमाउन पुगिन्। क्यान्सरका कारण उनको बुवाको निधन भएको थियो। बुवाले संसार छाडेपछि आमा र बहिनीको लालनपालनको जिम्मेवारी भूमिको काँधमा आइपर्‍यो। उनले संघर्ष गर्दै परिवारको जिम्मेवारी सम्हालिन्। 

भारतीय सञ्चार माध्यमका अनुसार ‘दम लगा के हइसा’ले बक्स अफिसमा सर्वाधिक सफलताको इतिहास मात्र बनाएन, भूमि पेडनेकरको करियरलाई पनि भारतीय चलचित्र उद्योगमा स्थापित गर्ने काम गर्‍यो। ‘दम लगा के हइसा’पछि उनलाई थुप्रै चलचित्रको अफर आउन थाले। उनले केही चलचित्रको अफरलाई स्वीकार गरिन् भने थुप्रै चलचित्रलाई ‘रिजेक्ट’ पनि गरिन्। भूमिले कथावस्तु राम्रो नभएका कारण एकै पटक २४ वटा चलचित्र छाडेकी थिइन्। 

३२ वर्षीया भूमिले ‘ट्वाइलेट : एक प्रेम कथा’, ‘शुभ मंगल सावधान’, ‘बाला’, ‘पति पत्नी और वो’, ‘बधाई हो’लगायतका चलचित्रमा काम गरिसकेकी छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.