बोक्सीको आरोपमा चरम यातना भोगेकी मरनी देवी बनिन् ‘साहसी महिला’

बोक्सीको आरोपमा चरम यातना भोगेकी मरनी देवी बनिन् ‘साहसी महिला’

ढल्केवर(धनुषा) : बोक्सीको आरोपमा चरम यातना भोगेकी महोत्तरीको मटिहानी नगरपालिका–९ सिमरदहीकी मरनी देवी साहसी महिलाकोरुपमा सम्मानित भएकी छिन्। सोमबार ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मटिहानी नगरपालिकाले उनलाई सम्मान गरेको हो।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मरनीलाई साहसी महिलाकोरुपमा दोसल्ला अढोएर ५० हजार नगदसहित सम्मान गरेका हुन्। सम्मान गर्दै नगर प्रमुख मण्डलले मरनीको साहसको प्रशंसा गरे।

मरनीलाई ३० साउन २०५८ सालमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाई कटपिट गरी गम्भीर घाइते बनाइएको थियो। प्रहरीको उद्धारबाट बाँचेकी उनी त्यसपछि बोक्सी आरोपविरुद्ध जनचेतना फैलाउँदै हिँडेकी छन्। अन्धविश्वास तथा रुढिवादी परम्पराविरुद्ध लड्न समाजमा जागरुकता पैदा गर्ने अभियानमा सक्रिय भएर लागेकी हुन्।

मटिहानी नगरपालिकाकी उपप्रमुख शिवोदेवी साहको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, ओरेक नेपालका लीला दयाली, कार्यपालिका सदस्य, महिला वडासदस्यहरु, महिला स्वंयमसेविका तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.