संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु
संखुवासभा : संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ५ जनाको उद्धार गरिएको छ। मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नं. बिहान साढे पाँच बजेतिर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको डीएसपी लालध्वज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार हालसम्म १० जनाको शव फेला परेको छ। अझै हताहति भएको आशंका गरिएको छ।
संखुवासभा मादी नगरपालिका -६ स्थित सातघुम्तिमा दुर्घटना भएको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। दुर्घटनापछि स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्। थप विवरण आउन बाँकी रहेको छ।