बारा-पर्साका औद्योगिक क्षेत्रलाई औद्योगिक कोरिडोर घोषणा गर्न सरकारसँग माग

बारा-पर्साका औद्योगिक क्षेत्रलाई औद्योगिक कोरिडोर घोषणा गर्न सरकारसँग माग

वीरगन्ज : वीरगन्जका उद्योगी व्यवसायीहरुले बारा पर्सामा रहेका औद्योगिक क्षेत्रलाइ औद्योगिक कोरिडोर घोषणा गर्न माग गरेका छन्। वीरगन्जमा बिहीबार विभिन्न कार्यक्रम भाग लिन आएका प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर यहाँका उद्योगीहरुले पर्सा बारामा रहेका औद्योगिक क्षेत्रलाई औपचारिकरुपमा औद्योगिक कोरिडोर घोषणा गर्न माग गरेका हुन्। 

वीरगन्जको होटल दियालो लड्र्समा प्रधानमन्त्री देउवालाई भेटेर उनीहरुले पर्सा बारामा मुलुककै प्रमुख औद्योगिक क्षेत्र सन्चालनमा रहेपनि अहिलेसम्म सरकारले औद्योगिक कोरिडोर घोषणा नगर्दा उद्योगधन्दा फस्टाउन नसकेको गुनासो गरेका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले वीरगन्जदेखि पथलैयासम्म रहेका औद्योगिक क्षेत्रलाई , औद्योगिक कोरिडोरको लागि चाहिने सम्पूर्ण सेवा सुविधासहितको औद्योगिक कोरिडोरको घोषणा गर्न आग्रह गरेका हुन्।

उनले यस औद्योगिक क्षेत्रमा पहिले स्थाना गरिएको औद्योगिक सुरक्षा बल, निजी क्षेत्रलाई जानकारी नै नदिइ हटाइएकाले औद्योगिक सुरक्षा पुनः खलबलिएकाले उक्त औद्योगिक सुरक्षा बल फेरि पुनस्थापना गरिदिन प्रधानमन्त्री देउवासँग अनुरोध गरे। 

प्रधानमन्त्रीसँगको भेटमा यहाका उद्योगहीरुले तराई मधेस–काठमाण्डौं द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयसीमा नै तोकेर सम्पन्न गरिदिन आग्रह पनि गरे। प्रमुख नाकामा रहेको मितेरी पुलको पुर्ननिर्माण र विस्तार गरी सौन्दर्यकरण गरिदिन पनि उनीहरुले आग्रह गरे। 

मधेस प्रदेशको प्रमुख शहर वीरगन्जमा कृषि विश्वविद्यालय स्थापनाका लागि उनीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरे। उद्योगीहरुको आग्रह र सुझाव सुनेपछि जवाफमा प्रधानमन्त्री देउवाले वीरगन्जका निजी क्षेत्रको आग्रह र सुझावप्रति आफू गम्भिर रहेको जवाफ दिए।

संघीय सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रममा वीरगन्जका उद्योगीहरुको गुनासो र सुझावहरु सम्बाधन गरिने आश्वासन उनले दिए। प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्न, तरलता अभाव हटाउन, ब्याजदरमा स्थिरता कायम गर्न, विदेशी मुद्राको सञ्चिती गर्ने लगायतका विषयमा वीरगन्जका उद्योगी व्यवसायीहरुसँग अझ गहन छलफल गरेर अर्थ व्यवस्था सन्तुलित बनाउने प्रयास गर्ने बताए।

बिहीबारको भेटघाट कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्वअध्यक्ष अशोक टेमानी र अशोककुमार वैध, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल लगायतको सहभागीता थियो।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.