चितवनमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना : तीन जनाको मृत्यु

चितवनमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना : तीन जनाको मृत्यु

चितवन : चितवनको पहाडी क्षेत्रमा मोटर साइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ  इच्छाकानमा गाउँपालिका २ रमाइलो डाँडा स्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो। 

शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकबाट करिब ४ सय  मिटर तल खसेको थियो।

दुर्घटनामा पाँच वर्षका बालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक  इच्छाकामना गाउँपालिकापा २ का  ३४ वर्षका नविन गुरुङ, पछाडी बस्ने  इच्छाकामना ३ की ३० वर्षीया  तृकि भन्ने प्रतिभा गुरुङ र उनको पाँच वर्षका छोरा आरोन गुरुङको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताए ।   

पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा पठाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पोस्टमार्टमको लागि शव भरतपुर अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.