वीरगन्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश

वीरगन्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश

वीरगन्ज: वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन्। 

बाराको प्रसौनीमा शनिबार दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका हुन्। 

२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी हालः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य पनि थिए। 

व्यपारिक घारानाका उद्योगी सरावगीले २०७३ चैत ६ गते तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेर राजनीति यात्रा थालेका थिए। २०७४ को स्थानीय तहमा सरावगी १९ हजार ३ सय ९३ मत ल्याएर निर्वाचित भएका थिए। मेयरमा निर्वाचित भएको दुई वर्ष नबित्दै सरावगीलाई आफ्नै पार्टीका नेताहरुबाट असहयोग हुन थालेको थियो। 

पछिल्लो समय आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुने चर्चा सुरु भएलगत्तै डेढ दुई महिनायता देखि सरावगीले जसपा छाडेर अर्को दलबाट मेयरमा चुनाव लड्ने हल्ला चलेको थियो। सुरुमा सरावगी नेपाली कांग्रेसमा प्रवेश गरेर त्यही पार्टीबाट मेयरमा चुनाव लड्ने चर्चा थियो। 

तर, पर्सा कांग्रेसका नवनिर्वाचित सभापति जनार्दन सिंह क्षेत्री र केन्द्रीय सदस्य रमेश रिजालले मेयरको टिकटको शर्तमा पार्टी प्रवेश नगराउने अडान लिएपछि सरावगीले एमाले प्रवेशका लागि दौडधुप गरेका थिए। 
शनिबारमा प्रसौनीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका वीरगन्ज महानगर इन्चार्ज बाबुराम कौशीक,वाइसिएलका केन्द्रीय सदस्य ओम प्रकाश गुप्ता पनि एमालेमा प्रवेश गरेका छन्। 

कार्यक्रममा पूर्वमन्त्रीद्वय प्रभु साह र रघुवीर महासेठ, एमालेका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरालगायतको पनि उपस्थिति थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.