‘राधे श्याम’को कमजोर सुरुवात

‘राधे श्याम’को कमजोर सुरुवात

मुम्बई : दक्षिण भारतीय सुपर स्टार प्रभासको बहुप्रतिक्षित चलचित्र ‘राधे श्याम’ले बक्स अफिसमा फिका सुरुवात गरेको छ। शुक्रबार रिलिज भएको ‘राधे श्याम’ले धेरै चलचित्र पण्डितको आशा विपरीत कमजोर सुरुवात गरेको हो। पहिलो दिनको कमाई हेर्ने हो भने ‘राधे श्याम’ले आफ्नो खर्च उठाउनै मुस्किल पर्ने देखिएको छ। 

३५० करोडमा निर्माण भएको चलचित्र ‘राधे श्याम’को हिन्दी भर्सनले पहिलो दिन जम्मा ४.५० करोड रुपैयाँको व्यापार गरेको थियो। चलचित्र पण्डितहरूले पहिलो दिन ५–६ करोड व्यापार गर्ने अनुमान गरे पनि चलचित्रले धेरैलाई निरास बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। चलचित्रले दक्षिणी क्षेत्रमा भने मध्यम व्यापार गरेको छ। 

‘राधे श्याम’ले आक्रामक प्रचारप्रसार गरेको थियो। चलचित्रका कलाकारहरू पनि प्रमोसनमा निकै खटेका थिए। यसको बाबजुद पनि पहिलो दिन बक्स अफिसमा ‘राधे श्याम’ फिक्का सावित भयो। ‘बाहुबली’ सुपर स्टार प्रभासको क्रेज निकै राम्रो रहे पनि चलचित्रको कमाईले भने सबैलाई निरास बनाएको छ। लामो समय पर्दामा नदेखिएका प्रभासको क्रेजले ‘राधे श्याम’ले ठूलै सफलता पाउने विश्वास निर्माण टिमले गरे पनि पहिलो दिनको कमाईले निरास बनाएको छ। 

‘राधे श्याम’को तुलनामा पहिलो दिन कम बजेटको चलचित्र ‘द कस्मिर फाइल्स’ले राम्रो कमाई गरेको छ। थोरै पर्दामा लागे पनि चलचित्रले पहिलो दिन ३.५५ करोड कमाई गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ‘राधे श्याम’ले सिंगो भारतमा भने ४८ करोड कमाई गरेको निर्माण टोलीले जनाएको छ। राधाकृष्ण कुमारको निर्देशनमा बनेको ‘राधे श्याम’मा प्रभास र पूजा हेगडेको मुख्य भूमिका रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.