स्रोतसाधनको अभावका बीच उल्लेखनीय प्रगति : महानिरीक्षक क्षेत्री

स्रोतसाधनको अभावका बीच उल्लेखनीय प्रगति : महानिरीक्षक क्षेत्री

उदयपुर: प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्रोतसाधनको अभावका बीच नेपाल प्रहरीले उल्लेखनीय प्रगति गरेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय परिसरका नवनिर्मित भवनको उद्घाटन गर्दै थापाले सिमित स्रोतसाधनको अधिकतम प्रयोगबाट अपराध न्यूनीरकणमा प्रगति हासिल गरको बताए।

उनले दक्ष जनशक्ति भएर पनि स्रोधसाधन र जनशक्ति कमी हुँदा तत्काल परिणाम निकाल्न चुनौती थपिएकाले यस्ता संरचनाले प्रहरीलाई काम गर्ने मनोबल बढाएको बताए। संरचना निर्माण हुँदै गर्दा जनताको चाहनामा पनि वृद्धि हुँदै जाने भएकाले गुणस्तरीय सेवाप्रवाहका लागि मातहतका युनिटलाई निर्देशन दिए।

महानिरीक्षक थापाले पेशागत संस्कृतिका कारण ३ सय ६५ दिनमा एक दिन तलमाथि हुँदा जनताको संगठनमाथि हेर्ने दृष्टिकोण फरक आउने गरेकाले त्यसतर्फ सजग रहेको बताए। उनले भने, ‘त्यहीँ एउटा कारण जसले सिंगो संगठनले बदनाम खेप्नुपर्ने, गाली खानुपर्नेजस्ता समस्या छन्, तसर्थ त्यस्ता गतिविधि न्यूनीरकण गर्न संगठनभित्र अलग्गै अनुसन्धान विभागको युनिट राखी काम अघि बढाएका छौं।

‘मान्छे अफ्ट्यारोमा पर्दा सबैभन्दा पहिला आ-आफ्ना भगवा त्यसपछि बुबा-आमा सम्झिन्छ,’ महानिरीक्षक थापाले भने, ‘ती दुबै नपुग्ने ठाउँमा प्रहरी पुगेर उद्धार गर्छ तर कसैले बधाई भन्दैन।‘

उनले देशभरमा ७ सय ८० ठाउँमा प्रहरी कार्यालय र २४ हजार जनशक्ति माग भए पनि आर्थिक अभावका कारण स्थापना गर्न नसकिएको स्मरण गर्दै क्रमशः पूरा हुने विश्वास व्यक्त गरे। मातहतका इकाईमा खटिएका प्रहरी जवान र अधिकृतप्रति लक्षित गर्दै महानिरीक्षक थापाले भने, ‘पीडित परिवारको ठाउँमा आफू छु भनेर सोच्नुस जसले सत्य र यथार्थलाई नियाल्छ र दोषीलाई कानुनको दायरमा ल्याउँछ।‘

महानिरीक्षक थापाले सोमबार प्रहरी कार्यालय परिसरमा ९ करोड ४९ लाख ९६ हजार ६६८ रुपैँयाको लागतमा साना-ठूला गरी निर्माण भएका ७ वटा भवनको उद्घाटन गरेका हुन्। नेपाल सरकारको अनुदानमा प्रहरीले सुविधा सम्पन्न प्रशासनिक भवनसँगै हिरासत, कार्यालय प्रमुख र सिनियर अधिकृत तथा प्रहरी जवान व्यारेक आवास, नागरिक सहायता कक्ष, मेसका भवन निर्माण गरेको हो।

११ करोड ४२ लाख ३ हजार १ सय ७७ रुपैँयाको लागत स्टिमेट रहेको उक्त भवन ९ करोड बढिमा आशिश आर्शिवाद जेवीले २०७६ पुस ४ गते सम्झौता गरी निर्माणको जिम्मा लिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले सीमित जनशक्ति र स्रोतसाधनका बीच काम गर्नुपरेको गुनासो पोखे।

जिल्लाभरिका ३८ वटा युनिटबाट नागरिकको सेवामा प्रहरी परिचालित भएको स्मरण गराउँदै उनले २६ वटा भवन जीर्ण रहेकाले बजेट व्यवस्थापनका लागि आग्रह गरे। उनले ५ सय ६६ जना र ३ दशमलव ४ बर्गकिलोमिटर बराबर एक प्रहरीले सेवा गर्नुपर्ने बाध्यता रहेको बताए।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसीलगायतले जिल्लाका समस्याका बारेमा बोलेका थिए। कार्यक्रममा तोकिएकै समयमा भवन निर्माण गर्ने र विभिन्न तवरबाट सहयोग पुर्‍याउने दातालाई सम्मानसमेत गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.