गाँजा तस्करीको रुट बन्दै ‘सप्तकोशी नदी'

गाँजा तस्करीको रुट बन्दै ‘सप्तकोशी नदी'

उदयपुर : ‘चोरका हजार दाउ' भन्ने नेपाली उखान अहिले पनि उत्तिकै चर्चामा छ। जसको ज्वलन्त उदाहरण आईतबार बिहान उदयपुरको बेलका नगरपालिका-८ कोठुस्थित सप्तकोशी नदीमा ट्युवको चेफामा राखी जलमार्ग हुँदै ल्याउँदै गरेको ४ सय केजी अबैध गाँजालाई लिन सकिन्छ। 

जलमार्गको यात्रामा प्रहरीको नजर नपुग्ने भएपछि पछिल्लो समय गाजा तस्करीको सुरक्षित निसाना जलमार्र्ग बन्दै गएको छ। यसरी ल्याईदै गएको अवैद्य गाजालाई सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ। २६ दिन अघि सोही एरियाबाट चार सय केजी गाँजासहित तीन जना पक्राउ परेको अनुसन्धान नसकिदै पुनः सोही एरियाबाट चार सय केजी नै गाँजा पक्राउ परेको हो। 

सप्तकोशीमा चतरा पुल माथि उत्तरतर्फबाट १४ वटा बोरामा प्लाष्टिकले बेरेर ट्युवको चेफामाथि राखेर ल्याउँदै गरेको प्रतिबन्ध गाँजा सशस्त्र प्रहरी बल सुरक्षा बेस रामपुरका इन्स्पेक्टर सुमन बुढाथोकीको नेतृत्वमा गएको ९ जनाको टोलीले वरामद गरेको सशस्त्र प्रहरी ५ नम्बर गणका प्रमुख एसपी कृष्णराज अधिकारीले बताए। 

जलमार्गबाट गाँजा तस्करी हुने गरेको गोप्य सूचना पाएसँगै ठूलो परिणाममा गाँजा नियन्त्रण लिन सफल भएको सशस्त्र प्रहरी वल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले बताए। उनले भने, ‘सूचना पाएसँगै हामीले विभिन्न तवरबाट त्यस क्षेत्रमा गस्ति बढाउँदै गएका थियौ, त्यसैको परिणाम आईतबार बिहान निकालेका हौ।'

उनले गाँजा तस्करको संजाल बढ्दै गएको र उनीहरुले बेलाबखत रुढ परिवर्तन गरिरहने भएकाले मातहतका आफ्ना युनिटमा नियन्त्रणका लागि योजनासहित निर्देशन दिईएको बताए। डिआईजी गिरीले भने, ‘गाँजा लगाइएका क्षेत्रमा नेपाल प्रहरीसँग समन्वय गरी फडानी, नष्ट गर्ने, सम्भावित रुढमा गस्ति बढाउने वरामदपछि आवश्यक कार्वाहीका लागि नेपाल प्रहरीलाई बुझाउने गरेका छौ।' 

सप्तकोसी नदीमा उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिकजसो बाँस र ट्युवको चेफा बनाई बाँस ढुवानी हुने गर्दछ। बाँस ल्याउँदा प्रहरीले चेकजाँच नगर्ने भएपछि पछिल्लो समय गाँजा तस्करीको सुरक्षित गन्तव्य स्थल जलमार्ग बनेको हो। 

उदयपुरका विकट गाउँमा उत्पादित गाँजा यसअघि कटारी, बेलका नगरपालिका र उदयपुरगढी क्षेत्रको रुटबाट सिधै भारतीय बजार पुग्ने गर्दथ्यो। ति रुटमा प्रहरीको निगरानी बढेसँगै धमाधम पक्राउ पर्न थालेपछि गाँजा तस्करले वैकल्पिक रुढको खोजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ। 

उनले भने, ‘प्रहरीको आँखा छल्दै सुरक्षितसाथ लैजानका लागि तस्करहरुले दैनिकजसो नयाँ रुढ खोज्ने गर्दछन् त्यहीँ रुटको खोजी गर्दा पछिल्लो समय जलमार्ग रोजाई र सुरक्षित रहेको हुन सक्छ।'

गणपति अधिकारीका अनुसार आईतवार बिहान २ बजे सप्तकोशीमा बिस्तारै बग्दै आएको ट्युवको चेफामा गाँजा फेला परेको हो। गाँजा वरामद गर्न पुगेको टोलीलाई देखेपछि तीन/चार जनाको समूहमा रहेका तस्कर फरार भएका थिए। उनीहरु मध्ये दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भोजपुर हतुवागढी नगरपालिका ९ घर भई वरहाक्षेत्र नगरपालिका १ बस्दै आएका २२ वर्षिय मनिसहाङ्ग राई, सुनसरी जिल्ला वरहाक्षेत्र नपा १ का ३४ बर्षिय सन्देस श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। 

गाँजा पहाडी जिल्ला भोजपुरबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ। वरामद गाँजा गणमा ल्याई थप अनुसन्धान र कानुनी कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाईएको गणपति अधिकारीले बताए। कोशी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भित्र्याउने र सुनसरी हुँदै सो गाँजा भारततर्फ तस्करी गर्ने गरेको प्रहरीलाई गोप्य सूचना प्राप्त भएको छ। 

त्यहीँ आधारमा त्यस क्षेत्रमा निगरानी बढाइएको र तस्करको संजाल खोज्ने कार्यलाई तिव्र बनाइएको अधिकारीले बताए। तस्करले सप्तकोशी नदीलाई गाँजा, काठ लगायतको तस्करी रुटको रुपमा प्रयोग गर्दै आएका छन्। यस्तै विगतका दिनहरुमा ट्युव मात्र नभई बाँसको चेफाको प्रयोग गरी सप्तकोसी नदीबाट गाँजा तस्करी हुने गरेको स्थानीय बताउँछन्। 

उदयपुरमा ताप्लि गाउँपालिकाको ओख्ले, इनामे, रुपाटारपछिको लागु औषध गाँजा उत्पादनको दोस्रो हब बेलका नगरपालिका ७ मैनामैनी आसपासको क्षेत्र मानिदै आएको छ। मैनामैनीमा विगत लामो समयदेखि गाँजा खेती हुने गरेको छ। प्रहरीले वर्षेनी गाँजा नष्ट गर्ने अभियान चलाउँदा पनि हरेक वर्ष गाँजा उत्पादनमा कमी आएको छैन।

गत फागुन ५ गते बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले चार सय केजी अवैध लागूऔषध गाँजा पिकअप भ्यानबाट लैजादै गरेको अवश्थामा तीन जनालाई पक्राउ गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.