प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य, हालसम्म ३० लाख युक्रेनीले देश छाडे

प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य, हालसम्म ३० लाख युक्रेनीले देश छाडे

किभ : युक्रेनमा रुसी आक्रमणपछि युरोप शरणार्थीले भरिएको छ। यसले युक्रेनी बालबालिकालाई पनि असर गरेको छ। 

युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा युद्ध सुरु भएदेखि हालसम्म ३० लाख मानिस युक्रेनबाट भागेका छन्। तीमध्ये आधा बालबालिका छन्। युद्ध सुरु भएदेखि हरेक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य छन्। अर्थात्, लगभग हरेक सेकेन्ड एक बच्चा शरणार्थी बन्छ।

धेरै बालबालिकाले आमा र दाजुभाइसँग कठिन यात्रा गर्नु परेको छ। उनीहरुलाई के भयो भनेर कसरी बुझाउने भन्नेमा यी बालबालिकाका अभिभावक अन्योलमा छन्। केही केटाकेटीलाई उनीहरू छुट्टीमा गएको भनी बहाना बनाएको उनीहरुका अभिभावकले बताए। कतिपयलाई आफ्ना घर सुरक्षित नभएको र देशको रक्षा गर्न बाबा देशमै बस्नुपर्छ भनी बताइयो।

रुसी आक्रमणपछि युक्रेनका ४४ करोड नागरिकमध्ये झण्डै ३० लाखले देश छाडेका छन्। दैनिक भास्कर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.