मानव बेचबिखन तथा ओसार–पोसार मुद्दाका फरार प्रतिवादी पक्राउ

मानव बेचबिखन तथा ओसार–पोसार मुद्दाका फरार प्रतिवादी पक्राउ

जनकपुरधाम  : प्रहरीले मानव बेचविखन तथा ओसार–पसार र अपहरण मुद्दाका प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषा प्रहरीले मानव बेचबिखन तथा ओसार–पोसार र अपहरण मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका १३ बस्ने ४२ वर्षीय रामजी पासमान र उनकी ३२ वर्षीया श्रीमति विभा पासमान रहेकी छिन् । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा जिल्ला अदालत धनुषाको २०७७ माघ २२ गतेको फैसलाले प्रतिवादी रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना तथा विभालाई १७ वर्ष कैद तथा १ लाख ५० हजार जरिवाना हुने गरी फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका दुबैजना प्रतिवादीलाई मंगलबार जनकपुरधाम उप–महानगरपालिका १३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशनुसार कारागार कार्यालय झुम्का सुनसरी पठाइने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.