गभर्नर नै गाउँमा लगेर जनताका अगाडि पञ्जाबका मुख्यमन्त्रीले लिए सपथ

गभर्नर नै गाउँमा लगेर जनताका अगाडि पञ्जाबका मुख्यमन्त्रीले लिए सपथ

काठमाडौं : आम आदमी पार्टीका नेता भगवन्त मानले पञ्जाबको मुख्यमन्त्रीमा पद तथा गोपनियताको सपथ लिएका छन्।

हालै सम्पन्न विधानसभा निर्वाचनमा दुईतिहाइ बहुमत हासिल गर्दै पञ्जाबमा कंग्रेस आईलाई विस्थापित गरेको आम आदमीले मानलाई १७औं मुख्यमन्त्री बनाएको हो।

मानको सपथ नै सामान्य रुपमा गरिएको छ। आम आदमी पार्टीका संस्थापक एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उपस्थितिमा आम जनताको उपस्थितिमा एक गाउँमा सपथ गराइएको छ।

सपथका लागि राज्यपाल (गभर्नर)लाई गाउँमै लगिएको थियो। सामान्यता सपथ गभर्नरकै कार्यालयमा हुन्थ्यो। तर आम आदमीले पञ्जाबमा जनताकै बीचमा सपथ गराएको हो।

आप नेता मानलाई पञ्जाबको नवांशहर नगरपालिकास्थित क्रान्तिकारी योद्धा भगत सिंहको पुर्ख्यौली गाउँ खटकर कलनमा राज्यपाल बनवारी लाल पुरोहितले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

सपथ समारोहमा पहेँलो पगरी र पहेँलो दुपट्टा लगाएर हजारौं नागरिक उपस्थित थिए। पहेँलो पशोक लगाउन मुख्यमन्त्री मानले नै अपील गरेका थिए। शहीद भगत सिंहको पहेँलो पगडीको सम्मानमा उनले यो अपील गरेका हुन्। उनी आफैं पनि पहेँलो पगडी लगाएर उपस्थित थिए। सपथ समारोहमा कुनै पनि भीआईपीलाई आमन्त्रण नगरिएको बीबीसी हिन्दीले जनाएको छ।

पञ्जाबमा आम आदमी पार्टीले कुल ११७ मा ९२ सीट जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.