भालेश्वरमा पूजा

भालेश्वरमा पूजा

काठमाडौं: फागु पुर्णिमाको अवसरमा भालेश्वर मन्दिरमा पूजाअर्जना गरिएको छ। बाजागाजा र झाँकी साथ गएर स्थानीय बासिन्दाले भव्यताका साथ पूजाआजा गरेका छन्। भालेश्वर मन्दिर संरक्षण समितिले पूजा समारोह आयोजना गरिएको थियो। चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय बासिन्दा गएर भव्यताका साथ पूजा अर्चना गरेको समितिका अध्यक्ष श्याम बलामीले जानकारी दिए। 

पूजा समारोहमा प्रतिनिधि सभा सदस्य अन्जना बिसुन्खे, प्रदेश सभा सदस्य रमा आले मगर, रुपा महर्जन,उर्मिला कर्मचार्य, बेलिमाया घले, नगरपालिका मेयर घनश्याम गिरी, उपमेयर लिशा नकर्मी, वडाध्यक्षहरु सजंय सिग्देल, शम्भु केसीलगायत सहभागिता थियो। झीगु बासुरी खलः, नौमति बाजा समूहसहित झाँकीसहित भालेश्वरमा स्थानीय गएर प्रत्येक वर्ष पूजा गर्ने गरेका छन्। 

स्थानीय बासिन्दा गर्ने गरेको पूजालाई अवरोध गर्ने प्रयास पनि भएको थियो। हिल्स प्रशासनले केही समय केबलकार नै रोकेको पनि थियो। हिल्स प्रशासन  र पुजा गर्न गएका स्थानीय बासिन्दाबीच केही समय चर्काचर्की पनि भएको थियो। चन्द्रगिरी हिल्समा रहेको भालेश्वर मन्दिरमा जानका केबल कार चाडेर जानुपर्ने भएकाले स्थानीयलाई सास्ती हुने गरेको छ। भालेश्वर मन्दिर चन्द्रगिरी हिल्सको टुप्पा रहेकोले स्थानीय बासिन्दा परम्परा धन्न हिल्स प्रशासनको अनुमति लिनु पर्ने असहजता छ। त्यहाँ पुगेका मेयर गिरीले स्थानीय पर्व भएको भालेश्वर मन्दिरमा आउन कसैले अवरोध गर्न नहुने बताए। 

संरक्षण समितिले होलीका अवसरमा प्रत्येक वर्ष भालेश्वर मन्दिरमा परम्परा अनुसार पूजाआजा गर्ने गरेको अध्यक्ष बलामीले बताए। केही वर्षयता वडा नम्बर ४ का वडाध्यक्षले पनि छुटै पूजा गराउन थालेका छन्। यसपाली पनि वडा नम्बर ४ का वडाध्यक्ष  र संरक्षण समितिले छुटाछुटै पूजा गराएका थिए। 

राजनीतिक पूर्वाग्रहका कारण संरक्षण समितिले गर्दै आएकोमा वडाले छुटै गर्न थालेको आरोप संरक्षण समितिको छ। 

चन्द्रागिरी पर्वत शृंखलाअन्तर्गत अवस्थित भालेश्वर मन्दिरमा थाहा नगरपालिका ९ फाखेल, इन्द्रसरोवर नगरपालिका ९ र चन्द्रागिरी नगरपालिका ३,४,६ र ७ का बासिन्दाले भालेश्वर मन्दिर आफनो परम्परा, रितिरिवाज अनुसार परापूर्वकालदेखि पूजा गर्ने गरेका छन्।  

भालेश्वर मन्दिर धार्मिक र पौराणिक महत्व छ। धार्मिक सांस्कृति महत्वभन्दा पनि पर्यटकीय विषयलाई मात्रै महत्व दिएको भालेश्वर मन्दिरको परम्परागत महत्व नै लोप हुँदै जानसक्ने सम्भावना बढिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.