यी हुन् वार्ताका लागि पुटिनले अघि सारेका माग

यी हुन् वार्ताका लागि पुटिनले अघि सारेका माग

मस्को : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ता वा शान्ति सम्झौता गर्न आफ्ना मागहरू अगाडि सारेका छन्। बिहीबार टेलिफोन वार्ताका क्रममा पुटिनले टर्किश समकक्षीसमक्ष रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका थिए।

एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनका अनुसार पुटिन र एर्दोआनबीच पुटिनले वार्ता वा शान्ति सम्झौतामा आउन आफ्ना मागहरु रहेको कुरा गरेका थिए। 

सुरुका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो नभएको उनले बताए। रुसको पहिलो माग युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्।

त्यस्तै युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्। युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ।

यो माग जेलेन्स्कीका लागि अपमानजनक छ। उनी एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।
 
दोस्रो भागका माग केही कठिन देखिन्छ। यसमा सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ। जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्। दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन्।

उनले ती मागहरू पूर्वी युक्रेनको डोनबास क्षेत्रसँग सम्बन्धित रहेको बताए। त्यसबारे कालिनले विस्तृत त खुलाएनन्। तर युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिँदैछ जुन निकै पेचिलो विषय हुनेछ।

अर्को अनुमान अनुसार युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दियोस् भन्ने रुसको चाहना छ जुन कुरा युक्रेनका लागि साँच्चै फलामको चिउरा चपाए सरह हुनेछ।

रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.