अन्तरगृह परिक्रमा गरी सकियो  मिथिलाको 'महाकूम्भ'

अन्तरगृह परिक्रमा गरी सकियो  मिथिलाको 'महाकूम्भ'

जनकपुरधाम  :  फागु पूर्णिमाको तिथिमा जनकपुर नगरको अन्तरगृह परिक्रमा गरी १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवतरुपमा समापन भएको छ । फागुन शुक्ल औंसी तिथीको दिन धनुषाको मिथिला विहारी नगरपालिकाको कचुरीबाट मिथिला विहारीको डोला उठाएर हजारौं धार्मिक यात्री परिक्रमामा सहभागी भएका थिए।

१५ दिवसीय परिक्रमामा सहभागी हुन नसकेकाहरु अन्तिम दिन जनकपुर नगरक्षेत्रको परिक्रमामा सहभागी भए। मध्यमा परिक्रमा जनकपुरको हनुमानगढी, भारतको कल्यानेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै औरही पुगेको थियो।

त्यसपछि भारतको करुणा, विशौललगायतका धार्मिकस्थल हुँदै फागु पूर्णिमाको दिन जनकपुर आइ पुगेको हो। नेपाल तथा भारतसहित कुल १ सय ३३ किलोमिटर लामो दूरीमा पैदल यात्रा गर्ने यात्रीहरु निकै नियम निष्ठाका साथ १५ दिनको समय विताउने  गर्छन्।

परिक्रमामा सहभागी हुँदा पापमोक्ष हुनुका साथै मनले सोचेको कुरा पूरा हुने जनविश्वास रहेको छ ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.