भारतमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १०२ वर्षीय वृद्ध पक्राउ : १५ वर्षको जेल सजाय
नयाँ दिल्ली : तामिलनाडुको तिरुवल्लुरमा नाबालिगको यौन शोषण गरेको आरोपमा एक वृद्धलाई १५ वर्षको जेल सजाय सुनाइएको छ। अदालतले १०२ वर्षीय परशुरामलाई १५ वर्षको सजाय सुनाएको हो।
अदालतले आदेशमा दोषीलाई १० वर्ष कडा सजाय र ५ वर्ष साधारण सजाय दिनइने बताएको छ।
यो चार वर्ष पुरानो घटना हो। वृद्धले २०१८९ मा एक नाबालिगलाई यौन शोषण गरेका थिए। तिरुवल्लुरको महिला कोर्टले दोषीलाई पीडितलाई ४५ हजार भारु क्षतिपूर्ति दिने र ५ हजार फाइन भर्न पनि आदेश दिएको छ। आजतक