ल्भिभमा विमानस्थलनजिकै बम आक्रमण

ल्भिभमा विमानस्थलनजिकै बम आक्रमण

ल्भिभ : ल्भिभस्थित विमानस्थलनजिकैको भवनमा रुसले शुक्रबार हवाई आक्रमण गरेको छ। त्यहाँका नगरप्रमुखले आफ्नो टेलिग्राममा विमानस्थल नजिकै रहेको भवनमा बम प्रहार भएको बताएका छन्। विस्फोटमा कोही हताहत नभएको उनले जानकारी दिएका छन्।

रुसी आक्रमणको निसानामा परेको भवनमा विमान मर्मत सम्भार हुने गरेको बीबीसीले जनाएको छ। तर उक्त भवनमा काम पहिला नै रोकिएको नगरप्रमुखले जानकारी दिएका छन्।

उक्त स्थानमा उद्धारकर्मी पुगिसकेको उनको भनाई छ। ल्भिभ पोल्यान्डको सीमबाट केवल ७० किलोमिटर टाढा छ। यो सहर पूर्वी र दक्षिणी युक्रेनमा सङ्घर्ष भइरहेका स्थानभन्दा निकै टाढा छ। ल्भिभभन्दा ३० किलोमिटर पर रहेको एउटा एउटा सैन्य तालिम केन्द्रमा पाँच दिनअघि त्यस्तै आक्रमण भएको थियो।

पश्चिमी युक्रेनका विभिन्न क्षेत्रमा शुक्रबार बिहान हवाई आक्रमणको चेतावनी दिन साइरन बजिरहेको छ। युक्रेनको राष्ट्रिय समाचारसंस्था युक्रिनफोर्मका अनुसार रिभ्ने, भोलीन, ल्भिभ, टेर्नोपिल र इभानो-फ्रान्किभ्स्क क्षेत्रमा साइरन बजेको हो। - बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.