सी जिनपिङले बाइडेनलाई भने : ताइवान मुद्दामा त्रुटि भए चीन-अमेरिका सम्बन्धमा असर पर्ने

सी जिनपिङले बाइडेनलाई भने : ताइवान मुद्दामा त्रुटि भए चीन-अमेरिका सम्बन्धमा असर पर्ने

बेइजिङ : युक्रेनमा रुसले गरेको आक्रमणबीच अमेरिकाले रुसविरुद्ध विभिन्न देशबाट समर्थन जुटाउने प्रयास गरिरहेको छ। तर चीनले भने अमेरिकासँग ताइवानको मुद्दाको विषयमा कुरा गर्न थालेको छ।

शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको थियो। यस क्रममा जिनपिङले बाइडेनलाई ताइवान मुद्दामा कुनै पनि त्रुटिले चीन-अमेरिका सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्। 

समाचार एजेन्सी रोयटर्सले चिनियाँ मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएको हो। ताइवान आफ्नो एउटा प्रान्त हो, जुन एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ।

चीनले ताइवानलाई बल प्रयोग गरेर फिर्ता ल्याउन सकिने र यो अमेरिकासँगको सम्बन्धको सबैभन्दा संवेदनशील र महत्वपूर्ण मुद्दा भएको बताएको छ।

बाइडेनसँगको कुराकानीमा जिनपिङले भने, 'अमेरिकाका केही व्यक्तिहरूले ताइवानको स्वतन्त्रता समर्थक शक्तिहरूलाई गलत संकेतहरू पठाइरहेका छन्, यो धेरै खतरनाक छ। यसले धेरै नराम्रो प्रभाव पार्नेछ।' 

यसै क्रममा ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा सी जिनपिङसँगको वार्ताका क्रममा बाइडेनले ताइवानका सम्बन्धमा अमेरिकाको नीतिमा कुनै परिवर्तन नभएको उल्लेख छ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.