भारतको दिल्ली लगायत केही ठाउँमा 'हिट वेभ' : नेपालमा पनि गर्मी बढ्यो

भारतको दिल्ली लगायत केही ठाउँमा 'हिट वेभ' : नेपालमा पनि गर्मी बढ्यो

नयाँ दिल्ली : पछिल्ला केही दिनहरुमा भारतको गुजरात र राजस्थानका केही भागहरूमा गर्मी बढेको छ। तातो हावा 'हिट वेभ' चलेकोले गर्मी उल्लेख्य वृद्धि भएको हो।यसको प्रभाव दिल्ली सहित धेरै भागहरूमा देखिएको एबीपी समाचारमा उल्लेख छ। सामान्यतया गर्मी अप्रिल अथवा मे महिनाको सुरुतिर आउँथ्यो। यसपटक केही हप्ताअघि नै गर्मी सुरु भएको हो। 

पछिल्ला ४–५ दिनमा अचानक ६ देखि ८ डिग्री सेल्सियस तापक्रम बढेपछि गर्मीको लहर सुरु भएको हो। तापक्रम अझै केही साता रहिरहे खाद्यान्न उत्पादनमा प्रतिकूल असर पार्ने उल्लेख छ।

साथै अत्यधिक गर्मी बढे प्रि-मनसुन साथै असिना पर्ने तथा आँधी आउन सक्छ। यसले भित्र्याउने समय भएको बालीमा निकै असर गर्ने बताइएको छ। 

तर अहिले एक्कासी तापक्रम बढ्नुको कारण राजस्थानको पश्चिमी भूभागमा रहेको एन्टिसायक्लोन हो। आगामी २४ देखि ४८ घण्टामा तापक्रम २ देखि ३ डिग्रीले घट्ने भएकाले धेरै स्थानबाट गर्मी कम हुन सक्ने समाचारमा उल्लेख छ।

साथै पछिल्ला केही दिन भारतको साथै नेपालमा पनि गर्मी एक्कासी बढेको छ। हाल काठमाडौं न्युनतम तापक्रम १४.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३१.५ डिग्री मापन गरिएको छ।

मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार नेपालमा सबैभन्दा धेरै तापक्रम आज विराटनगरमा रहेको छ। विराटनगरको अधिकतम तापक्रम ३६.६ डिग्री र न्युनतम तापक्रम २३.६ डिग्री सेल्सियस मापन गरिएको छ। साथै सबैभन्दा कम तापक्रम जुम्लाको छ। आज जुम्लाको अधिकतम तापक्रम २६.४ र न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.