बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव

बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव

लन्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।

जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक 'निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित भएको 'सन्डे टाइम्स'लाई बताए।
 

बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो। भोलोडिमिर सधैं स्पष्ट रहेका, उनको कर्तव्य युक्रेनी जनताप्रति भएको र उनी त्यहीँ बसी जनताको हेरचाह गर्ने उनले बताए । आफूले उनको प्रशंसा गर्ने जोनसनले बताए।

रुसका अनुसार डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दत मागेपछि गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो।
 
रुसको आक्रमणको उद्देश्य युक्रेनलाई असैन्यीकरण र 'डिनाजिफाइ' गर्नु भएको र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको रुस बताउँदै आएको छ। सर्वसाधरण नागरिक खतरामा नभएको र युक्रेन कब्जा गर्ने कुनै योजना नभएको मस्कोले बारम्बार उल्लेख गर्दै आएको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार रुसको डोनबासका जनता जोगाउने लक्ष्य छ जो आठ वर्षदेखि किभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.