‘बच्चन पाण्डे’को चलेन जादु

‘बच्चन पाण्डे’को चलेन जादु

मुम्बई : लामो प्रतीक्षापछि रिलिज भएको बलिउड चलचित्र ‘बच्चन पाण्डे’ले बक्स अफिसमा सुस्त सुरुवात गरेको छ। शुक्रबार रिलिज भएको यो चलचित्रले पछिल्लो दुई दिनमा २५.२५ करोड भारु मात्रै आम्दानी गरेको छ। पहिलो दिन १३.२५ करोड कमाएको ‘बच्चन पाण्डे’ले दोस्रो दिन १२ करोड मात्रै आम्दानी गरेको थियो।

अक्षय कुमार, कृति सेनन र ज्याक्लिन फर्नान्डिजजस्ता स्टार कलाकारको अभिनय रहे पनि चलचित्रले अपेक्षा अनुरुप दर्शक पाउन सकेको छैन। पछिल्लो समय कम लगानीको ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा तहल्का मच्चाएकाले पनि ‘बच्चन पाण्डे’ले सोचे अनुरुप कमाई गर्न नसकेको चलचित्र पण्डितहरूको दाबी छ। बक्स अफिसमा लगातार तहल्का मच्चाउँदै आएको ‘द कश्मीर फाइल्स’ले रिलिजको आठौं दिनमा सय करोड आम्दानी गरेको थियोे। 

आठौं दिनको आम्दानीमा ‘द कश्मीर फाइल्स’ले अमिर खानको दंगललाई पनि पछाडि छाडेको छ। आठौं दिन ‘द कश्मीर फाइल्स’ले १९.१५ करोड आम्दानी गरेको छ। दंगलले रिलिजको आठौं दिनमा १८.५९ करोड मात्रै आम्दानी गरेको थियो। आठौं दिनमा सर्वाधिक आम्दानी गर्ने चलचित्र ‘बाहुबली–२’ हो। यस चलचित्रले रिलिज भएको आठौं दिनमा १९.७५ करोड आम्दानी गरेको थियो।

यससँगै ‘द कश्मीर फाइल्स’ अलटाइम ब्लकब्लस्टर्सको सूचीमा पनि सूचीकृत भएको छ। फरहाद सामजीको निर्देशनमा बनेको ‘बच्चन पाण्डे’ सन् २०१४ मा बनेको तमिल चलचित्र ‘जिगरथंडा’को रिमेक हो। तमिलमा निकै हिट चलचित्र ‘बच्चन पाण्डे’ले बलिउडमा पनि तहल्का मच्चाउने आशा गरिए पनि दुई दिनको कमाईले भने निरास बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.