मिथिला चित्रकारसँग ब्रिटिश राजदूत निकोलाको भेट

मिथिला चित्रकारसँग ब्रिटिश राजदूत निकोलाको भेट

जनकपुरधाम :  नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिट सोमबार जनकपुरधामस्थित नारी विकास केन्द्र पुगिन् । ग्रामिण परिवेशमा बनाइएको केन्द्रमा राजदूत पोलिटले स्थानीय महिला चित्रकारसँग करिब एक घण्टा चियोचर्चो गरिन् । महिलाको विकास र आत्मनिर्भरताका लागि मिथिला चित्रकलाको बजारिकरण, व्यवसायीकरण र व्यवस्थापन अपरिहार्य रहेको पोलिटले बताइन् । 'म मिथिला चित्रकलाको प्रचारप्रसारका लागि सक्दो चाँडै काम गर्नेछु,’ राजदूत पोलिटले चित्रकारहरुसँग कुरा राख्दै भनिन्, 'यस केन्द्र र यहाँ कार्यरत महिलालाई आत्मनिर्भर बनाउनका लागि हामी अग्रसर हुनैपर्छ ।'

 
राजदूत पोलिटसँगै केन्द्रमा अवलोकनका लागि पुगेकी जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झाले पछिल्लो समय मिथिला चित्रकलाको व्यापार फस्टाएको बताइन् । उनले जुन प्रकारले प्रदेश र स्थानीय सरकारले मिथिला चित्रकलाको लागि योजना ल्याउनुपर्ने थियो त्यो नल्याएको स्वीकार समेत गरिन् । 

त्यसैगरी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मिथिला चित्रकला विश्वमै परिचित भएपनि यसको व्यवसायीकरण तथा बजारिकरणका लागि पूर्वाधार निर्माण गरिनु अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.