चुनाव हारे पनि धामी नै उत्तराखण्डको मुख्यमन्त्री

चुनाव हारे पनि धामी नै उत्तराखण्डको मुख्यमन्त्री

काठमाडौं : नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको मुख्यमन्त्रीमा पुष्कर सिंह धामी नै दोहोरिने भएका छन्।

भारतीय जनता पार्टीको देहरादुनमा सोमबार बसेको बैठकले कामचलाउ मुख्यमन्त्री धामीलाई विधानसभा दलको नेता चुनेको हो। यससँगै धामी मुख्यमन्त्रीमा दोहोरिने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हालै सम्पन्न विधानसभा निर्वाचनमा उनी आफ्नो निर्वाचन क्षेत्र खटिमाबाट कंग्रेस आई प्रदेश अध्यक्ष भुवन कापडीसँग पराजित भएका थिए। तर मुख्यमन्त्री भएको ६ महिनामै राज्यमा अलग छाप छोडेको भन्दै पार्टीको शीर्ष नेतृत्व धामीलाई नै जिम्मेवारी दिने निष्कर्षमा पुगेको हो। उनका लागि सीट छोड्न धेरै विधायक तयार भएका छन्।  

पार्टीको केन्द्रीय परीवेक्षकका रुपमा उत्तराखण्ड पुगेका रक्षामन्त्री राजनाथ सिंहले पछिल्लो ६ महिनामा धामीले मुख्यमन्त्री भएर पार्टीको पक्षमा शानदार काम गरेको भन्दै पुन: मुख्यमन्त्री बनेर अब राज्यको बहुआयामिक विकास गर्ने बताए।

धामीको नेतृत्वमा भाजपाले हालै सम्पन्न कुल ७० सीटको विधानसभा निर्वाचनमा ४७ सीट अर्थात बहुमत हासिल गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.