भारतमा एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८० रुपैयाँ बढ्यो

भारतमा एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८० रुपैयाँ बढ्यो

नयाँ दिल्ली : भारतीय आयल निगमले मंगलबार एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८० रुपैयाँ बढाएको छ । आजदेखि १४.२ किलोको सिलिन्डरका लागि थप ८० रुपैयाँ बढाएको हो। 

मूल्य बढेसँगै दिल्लीमा एलपी ग्यास सिलिन्डरको मूल्य बढेर १,५१९.२५ रुपैयाँ पुगेको छ, जुन पहिले १,४३९.२४ रुपैयाँ थियो। उत्तर प्रदेशको राजधानी लखनउमा ग्यासको मूल्य बढेर १,५८०.०५ रुपैयाँ पुगेको छ भने पटनामा १,६७६.०५ रुपैयाँ पुगेको छ।

कोलकातामा पनि नयाँ मूल्य १,५६१.६५ रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य १,४८१.६५ रुपैयाँ थियो । यसअघि ग्यासको मूल्य  ६ अक्टोबर २०२१ मा बढेको थियो।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.