मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ : प्रचण्ड

मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ : प्रचण्ड

जनकपुरधाम  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले मन्त्रिपरिषद् फेरबदलको सम्भावना रहेको बताएका छन् ।  मंगलबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि जनकपुर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, 'कतिपय मन्त्रीहरुसँग असन्तुष्टि छ । यस विषयमा गठबन्धनभित्र कुरा हुँदैछ । तर, अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन्। केही मन्त्रालयमा हेरफेर हुने सम्भावना छ ।'

उनले गठबन्धनका लागि सबैभन्दा ठूलो त्याग माओवादीले गरेको दाबी गरे । अध्यक्ष प्रचण्डले  स्थानीय तहको निर्वाचनमा तालमेल गरी जान सकिने भएपनि कुन दलसँग तालमेल गर्ने त्यसको टुंगो नलागेको बताए । 
प्रचण्डले अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुने पनि बताए । 

'लामो समयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । जसका कारण लाखौं जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकता पाउनबाट बञ्चित छन्,' प्रचण्डले भने, 'अब बस्ने संसद बैठकबाट यसको टुंगो लाग्छ ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.