चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध नहटाए अमेरिकीलाई पनि प्रतिबन्ध लगाउने चीनको चेतावनी

चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध नहटाए अमेरिकीलाई पनि प्रतिबन्ध लगाउने चीनको चेतावनी

बेइजिङ : चीनले मङ्गलबार मानवअधिकार उल्लङ्घन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ । 

अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ अधिकारीहरूमाथि अनावश्यक दबाव दिने गरेको चीनले बताएको छ । अमेरिकाले केही चिनियाँ अधिकारीहरुमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार गरेको आरोपमा अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो । 

अमेरिकी विदेश मन्त्रालयले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यकलाई दमन गरेको भन्दै त्यस्तो प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यस्तो प्रतिबन्ध लगाइएका चिनियाँ अधिकारीहरुको संख्या र परिचय भने खुलाइएको छैन ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले धार्मिक तथा आध्यात्मिक समुदाय, अल्पसंख्यक, मानवअधिकारकर्मी, पत्रकार, ट्रेड युनियन, नागरिक समाज र तथा शान्तिपूर्ण विरोध जनाउनेहरु विरुद्धनीति निर्माण गर्ने तथा दमन गर्नेप्रति निर्णय लक्षित रहेको बताए। ब्लिंकेनका अनुसार यो संख्या निकै ठूलो हुन सक्ने छ । अमेरिकी अधिकारीहरुले चीनको सिञ्चीयान प्रान्तमा कम्तिमा दश लाख उइगुर मुस्लिमहरुलाई बन्दी बनाईएको दावी गर्ने गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको भन्दै यो दुईपक्षीय सम्बन्धका लागि गलत नजीर हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताए । आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी सोचको दृढतापूर्वक विरोध गर्ने उनको भनाइ छ। 

उनले मानव अधिकारको संरक्षणका नाममा अन्य मुलुकको मानवअधिकारलाई कमजोर पार्ने काम गर्नुको साटो आफ्नै प्रणालीगत र दीर्घकालीन मानवअधिकारका समस्याहरूको सामना गर्न र त्यसको समाधान गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरे। वाङले भने, 'यदि संयुक्त राज्य अमेरिकाले मानव अधिकारको वकालत बन्द गरेमा विश्वमा मानव अधिकारको स्थिति राम्रो हुनेछ ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.