अझै एक लाख मानिस युक्रेनको मारिउपोलमा फसेका छन् : खाना र पानीको अभाव

अझै एक लाख मानिस युक्रेनको मारिउपोलमा फसेका छन् : खाना र पानीको अभाव

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसी बम विष्फोटका कारण झण्डै एक लाख सर्वसाधारण अझै फसेको बताएका छन्।

आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै उनले भने, 'अहिले पनि सहरमा करिब एक लाख मानिस अत्यन्तै अमानवीय अवस्थामा फसेका छन्। त्यहाँ रुसी सेनाले पूर्ण घेरा हालेको छ। खाना, पानी र औषधिको अभाव छ। निरन्तर बमबारी भइरहेको छ।'

उनले मानवीय कोरिडोर मार्फत मानिसहरूलाई बाहिर निकाल्ने प्रयास रुसको 'अथक बमबारी'ले बाधा पुगेको बताए। 

उनले मंगलबार मानवीय राहत कार्यमा आएका केही व्यक्तिलाई रुसले पक्रेको र युक्रेनी सरकारी कर्मचारी र उनीहरूका बस चालकलाई थुनामा राखेको बताए।

उनले भने, 'यी सबै कठिनाइका बीचमा मंगलबार ७ हजार २६ जनालाई मारिउपोलबाट बाहिर निकालिएको छ।;

जेलेन्स्कीले युक्रेनले विगत दुई हप्तामा करिब एक लाख टन राहत सामग्री प्राप्त गरेको बताए। उनले बिहीबार ब्रसेल्समा हुने नेटो राष्ट्रका नेताहरुको बैठकमा रुसमाथि पश्चिमी मुलुकले थप प्रतिबन्ध लगाउने पनि बताए। 

उनले मंगलबार इसाई धर्मगुरु पोप फ्रान्सिससँग कुरा गरेर युक्रेन आउन निमन्त्रणा गरेको बताए। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.