बालिकालाई यातना दिएको मुद्दामा दलित आयोगको चासो

बालिकालाई यातना दिएको मुद्दामा दलित आयोगको चासो

रामेछाप : रामेछापको मन्थली नगरपालिका भलुवाजोरकी १३ वर्षीय नाबालिकालाई फागुन ३० गते घरभित्र प्रवेश गरेकै कारण छिमेकीले २० घण्टासम्म घरको थाम र दलिनमा बाँधेर सिस्नुले कुटपिट गरेका थिए। उक्त घटनाबारे राष्ट्रिय दलित आयोगले चासो देखाएको छ।

नेपालको संविधान २०७२ को धारा २४ मा कुनै पनि व्यक्तिलाई  प्रथा, परम्परा, धर्म, रीतिरिवाज, जात, जाति, वंश, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नपाइने व्यवस्था छ। यस्तै, संविधानको धारा २२ मा यातनाविरुद्धको हकको व्यवस्था गरिएको छ। जसमा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई समेत शारीरिक वा मानसिक यातना दिन नहुने र निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न नहुने व्यवस्था गरिएको छ। तर, विद्यमान व्यवस्थालाई नै चुनौती दिने गरी फागुन ३० गते सोमबार मन्थली नगरपालिका–६ भलुवाजोरका ६३ वर्षीय शेरबहादुर श्रेष्ठले छीमेकी १३ वर्षीय बालिकालाई थाममा बाँधेर सिस्नु लगाउँदै कुटपिट गरी यातना दिएका थिए।

सोही घटनाबारे बुझ्न शनिबार सदरमुकाम मन्थली आएका राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटीको नेतृत्वको टोलीले घटना स्थलमा पुगेर अध्ययन गरेको हो। आयोगका सदस्य सुन्दर पुर्कोटी, कानुन व्यवसायी यमकुमारी गडेल, मन्थली नगरपालिका–६ की कार्यवाहक वडाध्यक्ष कमला बस्याल, मानव अधिकारकर्मी, सुरक्षाकर्मी र पत्रकारसहितको टोलीले घटना स्थलमा पुगेर पीडित, पीडितका आफन्त र वरपरका स्थानीयहरूसँग घटनाबारे जानकारी लिएका थिए। त्यस क्रममा पीडक श्रेष्ठले आफूलाई घरभित्र पसेर दही खाएकै कारण घरकोे थाममा बाँधेर यातना दिएको पीडित नाबालिकाले बताएकी छन्। 

सानो जातकी अर्थात् दलित जातकी नाबालिका आफ्नो घरभित्र पसेको भन्दै पीडक श्रेष्ठले चार घण्टा हात खुट्टा बाँधेर दलीनमा झुण्ड्याएर र बाँकी १७ घण्टा थाममा बाँधेर सिस्नो लगाउँदै लठ्ठीले कुटपिट गरेको पीडित बालिकाले बताएकी हुन्। आयोगका सदस्य पुर्कोटी र अधिवक्ता गडेलले शनिबार नै जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी लिएका थिए।  पीडक श्रेष्ठले दलित पसेपछि आफ्नो घर अशुद्ध भएको र कुल, पितृ, देवताहरू समेत नष्ट हुने भएपछि आफूले आवेगमा आएर घरको थाम र दलिनमा बाँधेर सिस्नो लगाई कुटपिट गरेको स्वीकार गरेको पुर्कोटीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.