मधेस प्रदेश : एक महिनामा ६१० सवारी दुर्घटना, ४८ जनाको मृत्यु
ढल्केवर(धनुषा) : मधेस प्रदेशमा एक महिनाको अवधिमा ६१० वटा सवारी दुर्घटना भएका छन्। फागुन महिनामा मात्रै प्रदेशको आठवटा जिल्लामा गरी ६१० वटा सवारी दुर्घटना भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।
सो अवधिमा दुर्घटनामा परेर ४८ जनाको मृत्यु भएको छ भने ९९२ जना घाइते भएका छन्। दुर्घटनामा महोत्तरीमा सबैभन्दा बढी ९ जनाले ज्यान गुमाएका छन्। सर्लाहीमा ८ जना र धनुषा, सिरहा, रौतहटमा ७/७ जनाको मृत्यु भएको हो। यस्तै बारामा ५, सप्तरीमा ४ र पर्सामा १ जनाको मृत्यु भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।
उक्त तथ्याङ्क अनुसार एक महिनाको अवधिमा धनुषामा सबैभन्दा बढी ११९ सवारी दुर्घटना भएको छ। यस्तै क्रमश सर्लाहीमा १०२, सप्तरीमा ८४, रौतहटमा ७६, महोत्तरीमा ७४, सिरहामा ६८, बारामा ६६ र पर्सामा २१ वटा सवारी दुर्घटना भएको हो।
फागुनमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको तथ्याङ्क छ। दुर्घटनामा संलग्न सवारी साधनमध्ये मोटरसाइकल ५७३, जीप÷कार ७७ र ट्रिफर÷ट्रयाक्टर ६६ वटा रहेको तथ्याङ्क प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले सार्वजानिक गरेको छ।