रिलिजअघि आरआरआरलाई धक्का

रिलिजअघि आरआरआरलाई धक्का

मुम्बई : बाहुबली निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको प्रतिक्षित चलचित्र ‘आरआरआर’ शुक्रबार रिलिज हुँदै छ। तर, रिलिजअघि चलचित्र ‘आरआरआर’ले सामाजिक सञ्जालमा आलोचनाको सामना गर्नु परेको छ। सामाजिक सञ्जाल ट्विटरमा ‘आरआरआर’ बहिस्कार अभियान पनि तीब्र रुपमा चलेको छ। चलचित्र कन्नड भाषामा रिलिज नहुने भएपछि यसले आलोचनाको सामना गर्नुपरेको हो।

कर्नाटकका स्थानीयले वर्षकै बहुप्रतिक्षित चलचित्र कन्नड भाषामा पनि रिलिज हुनुपर्ने माग गरेका छन्। तर, निर्माण पक्षले कन्नडमा रिलिज नगर्ने भएपछि ‘बाइकट आरआरआर’ अभियान तीब्र रुपमा चलेको छ। उनीहरूले कन्नड भाषामा चलचित्र रिलिज नगरेर कर्णाटकको बेइज्जत गरेको भन्दै रोष प्रकट गरेका छन्। धेरैले चलचित्रलाई कर्नाटकमा प्रतिबन्ध लगाउनु पर्ने माग पनि गरेका छन्। 

‘आरआरआर’को डिजिटल र स्याटेलाइट राइट्स जी ग्रुपलाई तीन सय ५० करोड भारतीय रुपैयाँमा बिक्री गर्दा चलचित्र हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम गरी पाँच भाषामा रिलिज हुने जनाइएको थियो।  तर, निर्माण पक्षले कन्नड भाषामा रिलिज नहुने बताएपछि हंगामा मच्चिएको हो। ठूलो लगानीमा बनेको आरआरआरको लागत राजमौलीको अघिल्लो ब्लकबस्टर चलचित्र ‘बाहुबली’भन्दा करिब एक सय करोड बढी दाबी गरिएको छ। चलचित्र निर्माणमा चार सय करोडभन्दा बढी लगानी गरिएको जनाइएको छ।    

चलचित्र गत वर्ष नै रिलिज हुने घोषणा गरिए पनि कोरोनाका कारण रिलिज मिति पटक पटक सारिएको थियो। चलचित्रमा राम चरन, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टलगायतको मुख्य अभिनय छ। चलचित्र ब्रिटिस साम्राज्यको विषयवस्तुमा बनेको छ। तेलुगू स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको भूमिकामा राम चरन र जुनियर एनटीआर देखिने छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.