योगीको सपथमा सहभागी हुन नेपाली सांसदको टोली यूपी प्रस्थान, उद्योगीदेखि कलाकारसम्म आमन्त्रित

योगीको सपथमा सहभागी हुन नेपाली सांसदको टोली यूपी प्रस्थान, उद्योगीदेखि कलाकारसम्म आमन्त्रित

काठमाडौं : भारतको उत्तरप्रदेश राज्यमा दोस्रो कार्यकालका लागि मुख्यमन्त्री चुनिएका योगी आदित्यनाथले शुक्रबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्।

नेपालसँग सीमा जोडिएको भारतको सबैभन्दा ठूलो राज्यका मुख्यमन्त्री योगीको सपथमा सहभागी हुन नेपाली सांसदको टोली बिहीबार उत्तर प्रदेश प्रस्थान गरेको छ।

सत्तारुढ नेपाली कांग्रेसका संघीय सांसद अभिषेकप्रताप शाहको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल योगीको निमन्त्रणामा सपथ समारोहमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको हो।

टोलीमा कांग्रेस कपिलवस्तुका पूर्वसभापति राजेश आचार्य, लुम्बिनी विकास कोषका पूर्वसदस्य राजेश ज्ञवाली, कपिलवस्तु क्षेत्र नम्बर ‘क’का कांग्रेस उम्मेदवार अजय थापा रहेका छन्।

उत्तर प्रदेशसँग सीमा जोडिएको लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहलाई योगीले विधानसभा निर्वाचनमा बहुमत जित हासिल गरेको भोलिपल्ट टेलिफोन सम्वादमा सपथमा आउन निमन्त्रणा गरेका थिए।

सांसद शाहले लखनऊमा योगीलाई भेटेर शुभकामना दिने बताए। ‘उहाँलाई भेटेर शुभकामना दिने हो। नेपालप्रति माया ममता रहिरहोस्। नेपाल-भारत सम्बन्ध अझै सुदृढ होस् भन्ने चाहना हो,’ उनले भने, ‘मिलेसम्म अन्य नेतासँग पनि कुराकानी गर्ने प्रयास हुनेछ।’

नेपाली टोली शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

सपथमा उद्योगीदेखि कलाकारसम्म

लखनऊको एकाना स्टेडियममा हुने सपथ समारोहमा विपक्षी दलका शीर्ष नेतादेखि उद्योगपति र कलाकारसम्म आमन्त्रण गरिएको छ।

कंग्रेस आईकी राष्ट्रिय अध्यक्ष सोनिया गान्धी, प्रियंका गान्धी, राहुल गान्धी, बसपा अध्यक्ष मायावती, सपा अध्यक्ष अखिलेश यादव, संरक्षक मुलायम सिंह यादवलगायत थुप्रै नेतालाई आमन्त्रण गरिएको छ।

त्यसैगरी मुकेश अम्बानी, गौतम अदानी, आनन्द महिन्द्रासमेत दर्जनौं उद्योगपतिलाई पनि आमन्त्रण गरिएको छ।

बलिउड कलाकारहरु अक्षय कुमार, कंगना रनावत, अजय देवगन, बोनी कपुर, अनुपम खेर, विवेक अग्निहोत्री लगायतलाई पनि आमन्त्रण गरिएको छ।

योगीको सपथलाई लखनऊलाई सिंगारिएको छ। चोक चोकमा योगी र भाजपा नेताहरुको पोस्टर लगाइएको छ।

सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत पनि लखनऊ आउने क्रम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

योगीको नेतृत्वमा भाजपाले उत्तर प्रदेशमा २७३ सीटमा जित हासिल गर्दै लगातार दोस्रोपटक सत्ता सञ्चालन गर्न लागेको हो। भाजपाले योगीलाई मुख्यमन्त्रीका लागि संसदीय दलको नेता चुनिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.