योगी आदित्य शुक्रबार पुनः उत्तर प्रदेशको मुख्यमन्त्री बन्दै

योगी आदित्य शुक्रबार पुनः उत्तर प्रदेशको मुख्यमन्त्री बन्दै

लखनऊ : भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले आज फेरि जिम्मेवारी सम्हाल्ने भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को प्रदेश संसदीय दलको नेतामा बिहीबार उनी निर्वाचित भएपछि दोस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित भएको हो।

सपथ ग्रहण खनउको एकना स्टेडियममा शुक्रबार अपराह्न ४ बजे हुनेछ। सपथ ग्रहणमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुनेछन्। उनीबाहेक मध्यप्रदेश, हरियाणा, मणिपुर, हिमाचल प्रदेश, त्रिपुरा, गोवा, असम, गुजरात, अरुणाचल प्रदेश, उत्तराखण्ड र कर्नाटकका मुख्यमन्त्रीहरु यस कार्यक्रममा सहभागी हुनेछन् । यससँगै अरुणाचल प्रदेश र नागाल्याण्डका उपमुख्यमन्त्रीहरू पनि कार्यक्रममा सहभागी हुनेछन्।

लखनऊमा भाजपाका विधायन सदस्यहरूलाई सम्वोधन गर्दै उनले उत्तर प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गरेको चर्चा गर्दै त्यस्तो ऐतिहासिक पात्र आफू हुन पाएकोमा गौरव व्यक्त गरे। उनले पाँच वर्षे कार्यकाल सम्पन्न गरेर दोस्रो कार्यकालको जिम्मेवारी समेत पाउन लागेकाले थप खुशी बनाएको बताए।

'मैले र पार्टीले उत्तर प्रदेशमा पाँच वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी दोस्रो कार्यकालको पनि जिम्मेवारी पाउनुको मुख्य श्रेय हाम्रो नेतृत्व प्रधानमन्त्री मोदीलाई जान्छ,' उनले भने।

हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ४०३ सिटमध्ये २५५ सिटमा जित हासिल गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.