युरोपले रुसलाई रोक्न ढिलो गर्‍यो : जेलेन्स्की

युरोपले रुसलाई रोक्न ढिलो गर्‍यो : जेलेन्स्की

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। संबोधनमा उनले रुसले आफ्नो देशमा विनाश गरेको बताए।

उनले युक्रेनको समर्थनमा एकजुट भएकोमा युरोपेली देशहरुलाई धन्यवाद दिए। लगत्तै जेलेन्स्कीले युरोप र युरोपेली नेताहरुले रुसलाई रोक्न धेरै ढिलो काम सुरु गरेको बताए।

उनले भने, ‘युरोपेली राष्ट्रहरुले प्रतिबन्ध लगायो। त्यसका लागि हामी कृतज्ञ छौं। यो एक शक्तिशाली कदम हो। तर केही समय ढिलो भयो। पहिला नै यो कार्य गर्ने मौका थियो।'

यदि पहिले नै प्रतिबन्ध लगाइएको भए रुसले युद्ध सुरु नगर्ने उनको भनाइ छ। उनले नर्ड स्ट्रिम २ ग्यास पाइपलाइनतर्फ इसारा गर्दै भने 'यदि यो पाइपलाइन पहिले नै अवरुद्ध भएको भए रसियाले ग्यास संकट सिर्जना गर्ने थिएन।'

त्यसपछि जेलेन्स्कीले छिमेकी राष्ट्रहरूलाई युक्रेनलाई युरोपेली संघमा समावेश गर्न आग्रह गरे। उसले यो काम गर्न ढिलो नगर्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.