चितवनमाथि बागमतीको रोमाञ्चक जित
सिमरा: बिएफसी चितवनलाई स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्लब सिमरामा जारी जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ।
सिमरा रंगशालामा शुक्रबार भएको रोमाञ्चक भिडन्तमा चितवनमाथी २-१ को जित निकाल्दै बाग्मतीले क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
राजर्षि जनक कपको आयोजक समेत रहेको बाग्मतीको जितमा दिनेश चाम्लिङ राई र प्रदीप लम्सालले समान एक-एक गोल गरेका थिए। चितवनका लागि भने रोशन क्षेत्रीले गोल गरे।
खेलको सुरुवातमा लिएको अग्रता जोगाउन नसक्दा चितवनले बाग्मतीलाई नतिजा सुम्पन बाध्य भयो। खेलको १५औं मिनेटमा चितवनका रोशन क्षेत्रीले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। वन भर्सेस वनको स्थितिमा गोल गर्दै क्षेत्रीले टिमलाई दिलाएको अग्रता धेरै बेर टिक्न सकेन्।
खेलको २३औं मिनेटमा बाग्मतीले बराबरी गोल फर्कायो। बाग्मतीका दिनेश चाम्लिङ राईले डिबक्स भित्रबाट सानदार गोल गरे। चितवनका गोलरक्षक दिनेशको प्रहार नियन्त्रणमा लिन असफल देखिए। उनको उत्कृष्ट गोलसँगै खेलमा फर्किएको बाग्मतीले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो।
चितवनलाई दवावमा राखेको बाग्मतीले पहिलो हाफमा अन्य केही अवसर गुमाएको थियो। पहिलो हाफमा लयमा देखिएपनि बराबरी गोलपछि बाग्मतीको फिनिसिङ पक्ष चल्न सकेन। अग्रता जोगाउन नसकेको चितवन भने दबाबमा देखियो। बाग्मतीविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि पहिलो हाफको अन्तिम समयमा चितवन तालमेलको खोजीमा देखिन्थ्यो।
मोफसलका दुई टिमबीचको प्रतिस्पर्धात्मक भीडन्त दोस्रो हाफमा पनि देखियो। फ्लड लाईटमा भएको खेलमा दुबै टिमले दोस्रो हाफमा आक्रामक सुरुवात गरे । चितवन पनि दोस्रो हाफमा लयमा देखियो । दुबै टिमले दोस्रो हाफमा अवसर बनाए तर सफल हुन सकेनन् ।
खेलको ६५औ मिनेटमा चितवनका जोहनले गोल गर्ने अवसर खेर फाले । उनको प्रहारले पोष्टको दिशा लिन सकेन् । चितवनले अवसर खेर फालिरहदा बाग्मती पनि उस्तै लयमा देखियो । बाग्मतीको फिनिसि» पक्ष भने सफल हुन सकेका थिएनन् ।
प्रतिस्पर्धा भिडन्तमा संघर्षपूर्ण जित हात पार्ने क्रममा बाग्मतीले खेलको ८१औं मिनेटमा गोल गरेको थियो। प्रदीप लम्सालले डिबक्स बाहिरबाट प्रहार गर्दै टिमका लागि निर्णायक गोल गरेका थिए। अपेक्षा गरिए भन्दा बढी दर्शकको मन जितेको दुवै टिमको खेल अन्तिम समयमा अझै प्रतिस्पर्धात्म बन्यो।
दुवै टिमले अन्तिम पाँच मिनेटमा आक्रामक खेल खेले । तर स्कोर गर्न नसक्दा नजिता बाग्मतीको पक्षमा गएको थियो । खेलको खेलको म्यान अफ दि म्याच बाग्मतीका दिनेश चाम्लि» राई घोषित भए । उनले ट्रफीसहित पाँच हजार हात पारे ।
प्रतियोगिता अन्तर्गत शनिवार न्युरोड टिम (एनआरटी) र विजय युथ क्लब बीच खेल हुनेछ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।