‘युक्रेनमा आक्रमण असफल भएको आरोप लागेपछि रुसी रक्षामन्त्रीलाई हृदयघात’

‘युक्रेनमा आक्रमण असफल भएको आरोप लागेपछि रुसी रक्षामन्त्रीलाई हृदयघात’

किभ : युक्रेनका गृहमन्त्रीका सल्लाहकारले रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयघात भएको दाबी गरेका छन्। शोइगु मार्च ११ यता सार्वजनिक रूपमा देखिएका थिएनन्। २४ मार्चमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा रक्षामन्त्री देखिएका थिए। 

युक्रेनका आन्तरिक मन्त्रीका सल्लाहकारले फेसबुकमा लेखेका छन्, 'युक्रेनमा रुसको आक्रमण असफल भएको पुटिनले आरोप लगाएपछि रुसी रक्षामन्त्रीलाई हृदयघात भएको छ।,’ रक्षामन्त्रीको अहिले अस्पतालमा उपचार भइरहेको उनले लेखेका छन्। उक्त आरोपको पुष्टि भने रूसी पक्षबाट गरिएको छैन।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो भिडियो सम्बोधनमा भनेका थिए, 'उनीहरू भन्छन् कि रुसका रक्षामन्त्री कतै बेपत्ता छन्।' युक्रेनी सेनाको प्रशंसा गर्दै जेलेन्स्कीले भने कि रुसी आक्रमणकारीहरूलाई युक्रेनी सैनिकले कडा प्रहार गरेका थिए जसको कारण उनीहरूलाई ठूलो क्षति पुगेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.