पुटिनद्वारा 'फेक न्यूज' सम्बन्धी नयाँ कानून अनुमोदन : रूसी सेनाको गलत समाचार फैलाए १५ वर्ष जेल
मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘फेक न्यूज’सम्बन्धी कानुनलाई औपचारिक रूपमा अनुमोदन गरेका छन्। यो कानुनअनुसार विदेशमा अधिकारीको कामबारे ‘फेक न्यूज’फैलाउने दोषीलाई १५ वर्षको जेल सजाय हुन सक्नेछ।
युक्रेनमा रुसको आक्रमणको सुरुवातमा, रुसमा एक कानून पेश गरिएको थियो जसमा रूसी सशस्त्र सेनाको बारेमा गलत जानकारी फैलाउने व्यक्तिलाई जेल सजायको व्यवस्था गरिएको थियो। नयाँ ऐन पनि त्यस्तै छ। बीबीसी