परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
काठमाडौं: परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सिंहदरवारमा भेटवार्ता भएको छ। तीन दिने भ्रमणका लागि नेपाल आएका वाङले चिनियाँ प्रतिनिधिसहित मन्त्री खड्कासँग भेटवार्ता गरेका हुन्।
नेपाल र चिनियाँ प्रतिनिधिबीच नेपाल र चीनबीचका विभिन्न परियोजनाबारे छलफल भएको बताइएको छ। केहीबेरमा नेपाल र चीनबीच विभिन्न विषयमा सम्झौता पत्रमा हस्ताक्षर समेत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !