फुलचोकीदेखि पनौतीको गुर्दुम डाँडासम्म साइक्लिङ ट्रेल

फुलचोकीदेखि पनौतीको गुर्दुम डाँडासम्म साइक्लिङ ट्रेल

काभ्रे : पर्यटन क्षेत्रमा शनिबारबाट पनौती नगरपालिका नाम थपिएको छ। ललितपुरको फुलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका–२ गुर्दुम डाँडासम्म साहसिक साइकल ट्रेल निर्माण भएपछि त्यसलाई साइक्लिङ गर्नेका लागि नयाँ ट्रेल थपिएको हो।

'अरु  साइकल ट्रेलभन्दा यो निक्कै भिन्न छ। रोचकताले भरिपूर्ण रहेको यो ट्रेल विश्वकै उत्कृष्ट छ', चन्द्रागिरिबाट साइक्लिङ गर्न काभ्रे पुगेका सुरेश अधिकारीले भने। अधिकारीले आफूहरुले धेरै साइक्लिङ गरे पनि यो निक्कै राम्रो र स्वदेशी तथा विदेशीका लागि निक्कै राम्रो भएको बताए। साइकल लिएर फुलचोकी पुगेका बर्दियाका सन्दिप लम्सालले यो नेपालकै नमूना साइक्लिङ ट्रेल हुन सक्ने बताए। 

ललितपुरको फुलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका कुशदेवी गुर्दुम डाँडासम्म साहसिक साइकल ट्रेल निर्माण भएसंगै शनिबारबाट साइक्लिङ खेल सुरु भएको छ। पनौती नगरपालिकाले साहसिक साइक्लिङ ट्रेल निर्माण सम्पन्न गरिएपछि शनिबार सयौं युवाले एकैपटक साइक्लिङ गरेका छन्। ट्रेलको शनिबार पनौती नगरपालिकाका उपमेयर गिता बञ्जाराले उद्घाटन गरेर साइक्लिङ खेल सुरु भएको थियो। ललितपुरको गोदावरीदेखि फुलचोकी डाँडासम्म साइकल लिइ ४ घण्टाको साइक्लिङ खेलको लागि एक सय ७५ युवाहरु पुगेका थिए। शनिबार साइकल लिएर ९ देशका पर्यटक पनि फुलचोकी गएका थिए। 

पनौती नगरपालिकाले पर्यटन प्रर्वद्धन समितिमार्फत यो आर्थिक वर्षमा ८ लाख खर्च गरेर फुलचोकीदेखि पनौती २ गुर्दुम डाँडासम्म साइकल ट्रेल निर्माण गरेको थियो। एक महिना लगाएर साइकलको लागि ट्रेल निर्माण साइकल प्रेमीहरुको लागि आर्कषण केन्द्र बनाउन पनौती नगरपालिका पर्यटन प्रवर्द्धन समितिको सभापति एवं वडा नं २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए। उक्त नगरपालिकाले निर्माण गरिएको साइकल ट्रेलको लागि फुलचोकीदेखि पनौती गुर्दुमसम्मको ७ किलोमिटर रहेको पर्यटन समिति सभापति अधिकारीले बताए। 

पनौती नगरपालिकाले पर्यटन क्षेत्र विकास गर्न धेरैभन्दा धेरै आन्तरिक र विदेशी पर्यटक ल्याउन नगरपालिकाले सुरुदेखि नै काम गरिरहेको नगर प्रमुख भिम न्यौपानेले जानकारी दिए। साइक्लिङ गर्नेलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख न्यौपानेले नगरपालिकाले पोखरापछि काभ्रेको पनौतीमा रहेको गुर्दुम डाँडाबाट प्यरालाईडिङ सुरु गरिएको बताए। 

नगरपालिकाले पर्यटनको सम्भावना रहेको पनौती नगरपालिकासंग जोडिएको गोदावरी नगरपालिका, महालाक्ष्मी नगरपालिका र सुर्यबिनायक नगरपालिकासँग मिलेर पर्यटनको क्षेत्रमा काम गरिरहेको बताए। पनौतीको गुर्दुम डाँडामा प्यारालाईटिङ, फुलचोकीदेखि साइकल ट्रेल र जंगल सफारीले लागि उपयुक्त क्षेत्र रहेको कारण त्यस क्षेत्रमा नगरले केन्द्र प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिरहेको मेयर न्यौपानेले बताए। 

'यस्तो व्यवस्थित तयारी हामीले देखेका थिएनौं', साइक्लिङको लागि बानेश्वारबाट पुगेका संजिव थापाले भने, 'स्मरणीय साइक्लिङ आज भएको छ। ' साइक्लिङका लागि आवश्यक सबै कुरा ट्रेल बनाएर पनौती नगरपालिकाले निक्कै राम्रो काम गरेको र यस ट्रेलको संरक्षणमा जोड दिए राम्रो हुने उनले थपे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.