नेपालमा पहिलोपटक चैत २५ देखि टाइफाइडविरुद्धको खोप अभियान

नेपालमा पहिलोपटक चैत २५ देखि टाइफाइडविरुद्धको खोप अभियान

काठमाडौंः नेपालमा पहिलो पटक १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप लगाइदैछ । सरकारले चैत २५ देखि बैशाख १८ सम्म बालबालिकाका लागि टाइफाड खोप अभियान सञ्चालन गर्ने भएको हो । १५ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिका लागि टाइफाइड खोप अभियान सञ्चालन गर्न लागेको हो ।

खोप अभियान नजिकैको स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ । यो खोप निशुल्क पाइने र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विशेषज्ञहरुका अनुसार टाइफाइड (म्यादे ज्वरो) ज्यान जोखिममा पार्नसक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाईएको छ ।

टाइफाइड रोग भनेको के हो ?

टाइफाइड म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गर्छ।

रोगका मुख्य लक्षण तथा चिन्हहरु के के हुन ?

उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता यो रोगका मुख्य लक्षण र चिन्ह हुन् । साथै कसैकसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदि लक्षण र चिन्ह पनि देखिन सक्छन् । यो रोगको संक्रमणपछि  केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धी समस्या आदि जस्ता जटिलताहरू पनि देखा पर्न सक्दछ ।

टाइफाइड खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?

टाइफाइड खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य (सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने आदि) असरहरू हुन सक्छन् र यस्ता सामान्य असरहरू विस्तारै आफै ठीक भएर जान्छन् । खोप लगाएपछि यस्ता लक्षणहरू बाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।

यो खोप कसले लगाउनु हुँदैन ?

यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनु हुँदैन । साथै हाल उच्च ज्वरो आएका वा सिकिस्त बिरामीले लगाउनु हुँदैन। तर बिरामी ठीक भइसकेपछि भने खोप लिन सकिन्छ । साधारण बिरामी भएको अवस्था जस्तै : हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।

 टाइफाइड लाग्न नदिन के गर्नुपर्छ ?

टाईफाइड जस्ता पानीजन्य संक्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ । पानीको मुहान सधै छोपेर राख्नुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.