प्रचण्ड-वाङ भेट : बीआरआई अघि बढाउने, व्यापार घाटा कम गर्नेबारे छलफल
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष प्रचण्डले बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयनका लागि आवश्यक पहलकदमी लिन चिनियाँ विदेशमन्त्री वाङसँग आग्रह गरेका हुन्।
भेटमा सहभागी माओवादी केन्द्रका नेता शक्ती बस्नेतले प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङलाई बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयनमा पहलकदमी लिन आग्रह गरेको बताए । उनले भने,' बीआरआई लगायतका परियोजना अघि बढाउने, व्यापार घाटा कम गर्नेबारे छलफल भयो । त्यस्तै दुई देशबीचका नाका नियमित र सन्तुलित गर्नेबारेमा पनि छलफ भयो ।'
जबाफमा चिनीयाँ विदेश मन्त्री वाङले नेपालले विकास प्रयासमा लिने कुनै पनि निर्णयको चीनले सम्मान गर्ने बताएको नेता बस्नेतले जानकारी दिए । छलफलमा दुई देशका कम्युनिष्ट पार्टीबीच भएको सम्बन्धबारे पनि कुरा भएको थियो ।
यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई परियोजना अघि बढाउन भइरहेको बिलम्बबारे पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग चासो राखेका थिए । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङले एमाले अध्यक्ष ओलीसँग आइतबार बिहान भेटेका थिए । सो क्रममा विदेशमन्त्री वाङले बीआरआई परियोजना कार्यान्वयन गर्न चीन आतुर रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस !